सहिदभूमि गाउंपालिका अपडेट : अध्यक्षमा गठबन्धनबाट एकिकृत समाजवादीका राईको अग्रता,उपाध्यक्षमा एमालेको अग्रता कायमै
धनकुटा । जिल्लाका ७ पालिका मध्ये ६ पालिकामा मतगणना सम्पन्न भएर मत परिणाम सार्बजनिक भइसकेको छ ।
सहिदभूमि गाउंपालिका मतगणना जारी छ । पछिल्लो सार्बजनिक मत परिणाम अनुसार अध्यक्षमा गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का जीत बहादुर राईले २ हजार ९ सय ३८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेकपा(एमाले) का मनोज राईले २ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेकपा(एमाले) का रत्नश्वरी राईले २ हजार ९ सय २८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका तोर्ण बहादुर खड्काले २ हजार २ सय ५४ मत प्राप्त गरेका छन् ।
वडा नं १ मा गठबन्धनबाट नेपाली कांग्रेसका रमेश राईले ६३६ मत सहित प्यानलै बिजयी भएका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका खगेन्द्र राई सहित प्यानलै विजयी भएका छन् ।
त्यसैगरि वडा ३ मा एमालेका होमनाथ राई सहित प्यानलै बिजयी भएका छन् भने वडा ४ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका दौलथमान राई र ५ को वडा अध्यक्षमा गठबन्धनबाट नेका का सन्तोष राई विजयी भएका छन् ।


