सहिदभूमि गाउंपालिका अपडेट : अध्यक्ष-उपाध्यक्ष दुबैमा एमालेको अग्रता
धनकुटा । जिल्लाका ७ पालिका मध्ये ६ पालिकामा मतगणना सम्पन्न भएर मत परिणाम सार्बजनिक भइसकेको छ ।
अब सहिदभूमि गाउंपालिकाको मात्रै अन्तिम मत परिणाम आउन बांकी छ । गत बैशाख ३० मा देशैभरि एकसाथ सम्पन्न मतदानका दिन केही विवाद भएपछि त्यहांका ३ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो ।
अहिले सहिदभूमि गाउंपालिका मतगणना जारी छ । पछिल्लो सार्बजनिक मत परिणाम अनुसार अध्यक्षमा नेकपा(एमाले) का मनोज राईले ३ हजार ९ सय ६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का जीत बहादुर राईले ३ हजार ७ सय ४५ मत प्राप्त गर्दै छन् ।
उपाध्यक्षमा नेकपा(एमाले) का रत्नश्वरी राईले ४ हजार ४ सय ११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका तोर्ण बहादुर खड्काले ३ हजार ६५ मत प्राप्त गरेका छन् ।
वडा नं १ मा गठबन्धनबाट नेपाली कांग्रेसका रमेश राईले ६३६ मत सहित प्यानलै बिजयी भएका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका खगेन्द्र राई सहित प्यानलै विजयी भएका छन् ।
त्यसैगरि वडा ३ मा एमालेका होमनाथ राई सहित प्यानलै बिजयी भएका छन् भने वडा ४ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका दौलथमान राई
र ५ को वडा अध्यक्षमा गठबन्धनबाट नेका का सन्तोष राई विजयी भएका छन् ।


