धनकुटाका ७ मध्ये ६ स्थानिय तह प्रमुखमा गठबन्धनबाट कांग्रेस चार र एमाले दुई ठाउंमा विजयी
धनकुटा । जिल्लाको सात वटै स्थानीय तह मध्यो ६ स्थानिय तह निर्वाचनको मतगणना सम्पन्न भएको छ । यहाँको तीन नगरपालिका र तीन गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइ सकेको छ भने सहूदभूमि गाउंपालिकाको मतगणना जारी छ ।
६ पालिकाको नतिजा अनुसार नगरप्रमुख/अध्यक्षमा धनकुटा नगरपालिका,चौबिसे गाउंपालिकामा एमालेले र महालक्ष्मी नगरपालिका,पाख्रिबास नगरपालिका,सांगुरीगढी गाउंपालिका,छथरजोरपाटी गाउंपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसले जित हासिल गरेको छ । त्यस्तै उपमेयर/उपाध्यक्षमा धनकुटा नगरपालिका,महालक्ष्मी नगरपालिका,पाख्रिबास नगरपालिका,सांगुरीगढी गाउंपालिका,चौबिसे गाउंपालिकामा एमाले र छथरजोरपाटीमा गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) ले जित हासिल गरेको छ ।
धनकुटा नगरपालिका नगर प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चिन्तन तामाङ ७ हजार ६ सय ६६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार दिनेश राईलाई १४ मतान्तरले पराजित गरेका हुन् । पराजित दिनेश राईले ७ हजार ६ सय ५२ मत ल्याएका छन् । त्यसैगरि उपप्रमुखमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ७ हजार १ सय ९६ मत प्राप्त ल्याई बिजयी भएका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले ६ हजार ६ सय २९ मत ल्याएका छन् ।
पाख्रिबास नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गुरुंगले ५ हजार ४ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भिम बहादुर राईले ५ हजार ५३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेका नम्रता देउजाले ५ हजार ६२ मत प्राप्त गर्दै विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले ४ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् ।
चौबिसे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका राजकुमार चेम्जोङ्ग बिजयी भएका छन् । उनले ५ हजार ३८ मत ल्याई विजयी भएका हुन् भने वहांका निकटतम प्रतिद्धन्दी गठबन्धनबाट दल बहादुर मगरले ३ हजार ९ सय ९१ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेकी टंकमाया पाङ्गी मगरले ४ हजार ९ सय ८३ मत प्राप्त गरेर विजयी भईन् भने गठबन्धनबाट जनता समाजवादीका दिवा चेम्जोङ्गले ३ अजार ९ सय ८८ मत प्राप्त गरे ।
साँगुरीगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राईले ५ हजार ३ सय ९९ मत प्राप्त गरी बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कुमार जंग याख्खाले ४ हजार ८ सय २८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेकी मुना राईले ४ हजार ६ सय ५० मत प्राप्त गर्दै बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका जसपाका लिलाराज लावतीले ४ हजार १ सय ३६ मत प्राप्त गरे ।
छथरजोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका उम्मेदवार छत्र सुब्बाले ४ हजार ३ सय ५९ मत प्राप्त गर्दै विजयी भएका छन् भने वहांका निकतम प्रतिद्धन्दी नेकपा एमालेका शेरबहादुर लिम्बुले ४ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । उपाध्यक्ष्मा गठबन्धनको तर्फबाट नेकपा माओवादीकी गिता खेवाले ४ हजार ३ सय ८७ मत प्राप्त गर्दै बिजयी भएकी छन् भने वहांका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी गोमा कार्किले ३ हजार ६ सय १९ मत प्राप्त गरेकी छन्।
महालक्ष्मी नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार ध्रुवराज राया ६,३२८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार दिपक बुढाथोकिलाई १,१८९ मतान्तरले पराजित गरेका हुन् । पराजित दिपक बुढाथोकिले ५,१३९ मत ल्याएका छन् । उपप्रमुखमा एमालेका मन्जु कुमारी कार्की(अधिकारी) ले ५ हजार ३ सय ८४ ल्याई बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले ४ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् ।
सहिदभूमि गाउंपालिकामा मतगणना जारी छ । पछिल्लो सार्बजनिक मत परिणाम अनुसार अध्यक्षमा नेकपा(एमाले) का मनोज राईले ३ हजार ९ सय ६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का जीत बहादुर राईले ३ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् उपाध्यक्षमा नेकपा(एमाले) का रत्नश्वरी राईले ४ हजार ४ सय ११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका तोर्ण बहादुर खड्काले ३ हजार ६५ मत प्राप्त गरेका छन् ।


