कर समायोजन गरी घटाउन निर्देशन दिने नेपाली कांग्रेस धनकुटाको निर्णय

धनकुटा । नेपाली कांग्रेस धनकुटाले स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिरुलाई बधाई र मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

पार्टीका जिल्ला सभापती दिनेश राईको अध्यक्षमा बसेको पदाधिकारी तथा उपलब्ध सल्लाहकारहरुको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट विजयी भएका जनप्रतिनिधिहरुलाई बधाई र मतदातहरुलाई धन्यवाद ज्ञापन गरेको हो ।

बैठकले नेपाली कांग्रेसको तर्फबाट बिजयी भएका पालिका प्रमुखहरुले पदवहाली गर्दा दलित,अपांगता,विपन्न र एकल महिलाको स्वास्थ्य बिमा नि:शुल्क गर्ने, जन्म दर्ता,विवाह दर्ता र मृ त्यु दर्ता नि: शुल्क गर्ने र कर समायोजन गरी घटाउने लगायतका जनमुखी निर्णय गरी घोषणा गर्न निर्देशन दिने निर्णय समेत गरेको सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तहको निर्वाचनको प्रारम्भिक समिक्षका लागि छलफल समेत भएको छ । बैठकले गठबन्धनको तर्फबाट विजयी भएका जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्न बधाई कार्यक्रम र स्थानीय तह सकार सञ्चालन सम्वन्धि अनुशिक्षण कार्यक्रम सेमत सञ्चालन गर्ने निर्णय गरेको सचिव राईले वताउनु भयो ।

धनकुटा जिल्लामा गठबन्धनको तर्फबाट पाख्रीवास नगरपालिका प्रमुखमा ज्ञान बहादुर गुरु ङ,महालक्ष्मी नगरपालिका प्रमुखमा ध्रुवराज राया,सागुरीगढी गाउपालिका अध्यक्षमा जितेन्द्र रुम्दाली राई, छथरजोरपाटी गाउपालिका अध्यक्षमा छत्र सुब्बा र उपाध्यक्षमा गिता गुरुङ खेवा निर्वाचित भएका छन् ।

यसैगरी धनकुटा नगरपालिकाको वडा नं ३ मा विकास घिमिरे, वडा नं ५ मा धन कुमार राई,वडा नं ६ मा मिलन खड्गी, वडा नं ७ मा रोशेष श्रेष्ठ र चौविसे गाउपालिकाको वडा नं १ मा दिपक कुमार श्रेष्ठ,वडा नं ६ मा आषिश चेम्जोङ,वडा नं ७ मा रुद्र चेम्जोङ वडाध्यक्षमा गठबन्धनको तर्फबाट निर्वाचित हुनु भएको छ ।

सागुरीगढी गाउपालिकाको वडा नं २ मा योगेन्द्र ईवाहाग,वडा नं ३ मा टेक वहादुर लिम्बु,वडा नं ५ मा खड्ग लिम्बु, वडा नं ६ मा यम प्रकाश लिम्बु र सहिदभूमी गाउपालिकाको वडा नं १ मा रमेश राई,वडा नं ४ मा दौलत राई,वडा नं ५ मा सन्तोष राई गठबन्धनको तर्फबाट निर्वाचित हुनु भएको छ । पाख्रीवास नगरपालिाको वडा नं १ मा भोगेन्द्र पाण्डे, वडा नं ४ मा सन्तोष मानन्धर,वडा नंं ५ मा मशेह राई ,वडा नं ६ मा देवेन्द्र गुरागाई, वडा नं ८ मा गणेश राई र छथरजोरपाटी गाउपालिकाको वडा नं १ मा गोविन्द्र लिम्बु ,वडा नं २ मा कृष्ण मगर,वडा नं ५ मा डिक वहादुर लिम्बु र वडा नं ६ मा दिपक मगर गठबन्धनको तर्फबाट निर्वाचित हुनु भएको छ ।

महालक्ष्मी नगरपालिकका वडा नं २ मा पदम रखाल,वडा नं ३ मा रामचन्द्र थापा,वडा नं ५ मा शान्त वहादुर कुवर,वडा नं ६ मा शिव विक,वडा नं ७ मा नेत्र वहादुर अधिकारी गठबन्धनको तर्फबाट निर्वाचित भएका छन् ।

धनकुटा नगरपालिकामा ५१ जना नगर परिषद सदस्य मध्य गठबन्धनले २६ जना,पाख्रीवास नगरपालिकामा ५२ मध्य २३, महालक्ष्मी नगरपालिकामा ४७ मध्य २४, सागुरीगढी गाउपालिकामा ५२ मध्य २३,चौविसे गाउपालिकामा ४२ मध्य १४ , सहिदभूमी गाउपालिकामा ३७ मध्य ११ र छथरजोरपाटी गाउपपालिकामा ३२ मध्य २१ जना परिषद सदस्य निर्वाचित भएकाछन् ।

बैठकमा कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्रि सुनिल वहादुर थापा,पूर्व आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,पूर्व सभापती हरी अधिकारी,उपसभापतीहरु निर्मल ओझा,सुनिल डंगोल,सचिव जयन्द्र घिसिङ,सहचिवहरु रोशन श्रेष्ठ,गिरिजा प्रसाद दाहाल,प्रवक्ता खगेन्द्र घिमिरे,सल्लाहकारहरु दिनेश अमात्य,विकास प्रधान लगायतले समेत निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।