निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागि धनकुटा नगरमा गठबन्धनको तर्फबाट अनुशिक्षण
धनकुटा । धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुका लागि नेपाली कांग्रेसले कार्यपालिका निर्वाचन सम्वन्धि अनुशिक्षण सञ्चालन गरेको छ ।
नगरमा निर्वाचित गठबन्धनको तर्फबाट वडाध्यक्ष र वडा सदस्यहरुलाई आसन्न कार्यपालिका सदस्यहरुका लागि हुनलागेको निर्वाचन सम्वन्धमा पार्टीका धनकुटाका नगर संयोजक एवम् जिल्ला सचिव विजय सन्तोषी राईले अनुशिक्षण सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।
निर्वाचित महिला सदस्यहरु ५ र खुल्ला दलित तथा अत्पसंख्यबाट तीन जना गरी जम्मा ८ जना कार्यपालिका सदस्यका लागि जेष्ठ दोस्रो साता निर्वाचन हुदैछ ।
हालै सम्पन्न पालिका निर्वाचनमा ५१ जना कार्यपालिका सदस्यहरु मध्ये धनकुटा नगरपालिकामा गठबन्धनले २६ जना र नेकपा एमालेले २५ जना नगर परिषद सदस्य जितेको छ । नगर परिषद सदस्य गठबन्धनको बहुमत रहेकाले कार्यपालिका सदस्यहरुको निर्वाचनमा पनि विजय प्राप्त गर्ने लक्ष राखिएको छ ।
कार्यक्रममा गठबन्धनबाट विजय प्राप्त गरेका वडा नं ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं ६ का अध्यक्ष मिलन कुमार खड्गी,वडा नं ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ,वडा नं १० का वडाध्यक्ष नगेन्द्र पाण्डे लगायत निर्वाचित वडा सदस्यहरुको सहभागीता थियो ।


