नेकपा एमाले सहिदभुमि वडा नं ६ वडाकमिटीद्वारा बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम

धनकुटा, जेठ ९ । नेकपा एमाले सहिदभुमि वडा नं ६ वडाकमिटीले बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार सुकेआहालमा एमाले पार्टी बाट निर्वाचित वडा अध्यक्ष सदस्य तथा गाउपालिका अध्यक्ष उपाध्यक्ष लगायत वडा नं ६ का वडा बासीलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको हो ।

स्थानिय तह बैशाख ३० गतेको निर्वाचनमा वडा नं ६ बाट नेकपा एमाले पार्टीको प्यानल विजयी भएको थियो । सोहि विजयीको अवसरमा वडाले विजयी ¥याली तथा सभा आयोजना गरेर बधाई तथा धन्यवाद ज्ञापन गरेको पार्टीका वडा कमिटी अध्यक्ष केसब राईले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सल्हाकार परिषद सदस्य गोपाल गुरागाईले बोल्नु हुदै निर्वाचित जनप्रतिनिधिहरुले सहिदभुमिमा परिवर्तनका खेलेको ऐतिहासीक भुमिको गौरवमय इतिहासलाई बचाउदै जनताको अभिमत बाट निर्वाचित भएको सम्झिदै जनाताको समृद्धिको लागि काम गर्नेमा आफु विस्वस्त रहेको बताउनु भयो । स्वछ र निष्पछ पारदर्शि जवाफ देहि ढंगले सुसान दिनु पर्ने र भ्रष्टचार जन्य गतिबिधि यो पवित्र भुमिमा हुननहुने बताउनु भयो ।

त्यस्तै गरी कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष तथा प्रदेश संसद इन्द्रमणि पराजुलीले राज्य सक्ताको दुरुपयोग गरेर सक्ता गठबन्धनको इसारामा यहाँको जनताको अभिमतको दमन गर्दै निर्वाचन स्थगित गर्ने दुस्सहास गरेको आरोप लगाउनु भयो ।

जालझेल र सडयन्त्र गरेर नाजायज ढंगले निर्वाचन स्थगित गरेको निर्वाचन पुन जेठ २ गते विभिन्न सडयन्त्र बिच सम्पन्न भएपछि जनातले एमाले पार्टीको पक्षमा भोट दिएर गठबन्धन जनताको विरुद्धमा भएको सडयन्त्रलाई सफलहुन नदिएको बताउनु भयो ।

त्यस्तै नवनिर्बाचित गाउपालिका अध्यक्ष मनोज राई , गाउकमिटी सचिव तथा नवनिर्वाचित वडा अध्यक्ष हेमकुमार राईले जनताको मतलाई सम्मान गर्दै शासक होइन जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्क्त गर्नु भयो ।

त्यस्तै गरी कार्यक्रममा जिल्ला पार्टी सचिव तथा प्रदेश संसद निरन राईले पार्टीको निति र सिद्धान्त भित्र रहेर पार्टीले उद्घोष गरेका कामहरु निर्वाचित जनप्रतिनिधिहरुले इमान्दारीताका साथ पुरा गर्ने बताउनु भयो । यस्तै पार्टीका जिल्ला सचिवालय सदस्य पर्शुराम नेपाल , बमबहादुर राई लगायतले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।