‘हामीलाई जनप्रतिनीधि ज्यू होईन,साथी भनेर सम्बोधन गर्नुहोस्’-गठबन्धनबाट निर्वाचित वडाध्यक्ष
धनकुटा । गठबन्धनले विजय प्राप्त गरेको धनकुटा नगरपालिका वडा नं ३ र १० का वडाध्यक्ष लगायत सदस्यहरुले पद वहाली गरेका छन् ।
पदवहालीको क्रममा उनिहरुले स्वास्थ्य बिमा तथा व्यक्तिगत घट्ना दर्ता नि शुल्क गर्ने घोषणा गरेका छन । उनिहरुले आफुहरुलाई जनप्रतिनिधिहरुलाई ज्यू नभनी साथी भनेर सम्बोधन गर्न पनि जनता समक्ष अपिल समेत गरेका छन् ।
धनकुटा नगरपालिका वडा नं ३ मा गठबन्धनबाट विजय वडाध्यक्ष विकास घिमिरे,महिला सदस्य मञ्जु अधिकारी,दलित महिला सदस्य विष्णु रसाईली,खुल्ला सदस्यहरु शान्तिराम मिश्र र चक्र राईले वडा कार्यालयमा पद वहाली गर्दै ३ नं वडालाई पर्यन हवको रुपमा विकास गर्ने, एकल महिला,अपाङ्गता,दलित ,अल्पसंख्यक र अतिविपन्न वर्गका नागरिकको स्वास्थ्य बिमा वडाले गरिदिने घोषणा गरे ।
उनिहरुले व्यक्तिगत घट्ना दर्ता र नागरिक्ता सिफारिस पनि नि शुल्क गर्ने वताएका छन् । यूवाहरुलाई स्वरोगार बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनिहरुको भनाई छ ।
त्यस्तैगरि धनकुटा नगरपालिकाको वडा नं १० का वडाध्यक्ष नगेन्द्र पाण्डे,महिला सदस्य बिमला राई,दलित महिला सदस्य चन्द्र कुमारी विक,खुल्ला सदस्यहरु सुरेश श्रेष्ठ,राजेन्द्र राईले वडा कार्यालय हाल भाडामा सञ्चालन भईरहेकोले वडा कार्यालय निर्माण गर्ने र एक घर एक स्वरोजगार बनाउन विभिन्न अभियान संचालन गर्ने घोषणा गरेका छन् ।
१० नं वडामा पनि व्यक्तिगत घट्ना दर्ता अन्र्तगत विवाह,मृ त्यु,जन्म दर्ता, नागरित्ता सिफारिस नि शुल्क गर्ने र अति विपन्न अल्पसंख्य,अपांगता,दलित,एकल महिलाहरुको वडा आफैले स्वास्थ्य बिमा गरिदिने निर्णय गरेका छन । दुवै वडाका जनप्रतिनिधिहरुले हालको कर व्यवहारिक र वैज्ञानिक नभएको भन्दै कर समायोजन गरी घटाउन पलह गर्ने निर्णय गरेका छन ।
पद वहाली समारोहमा नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले गठबन्धनबाट विजय जनप्रतिनिधिहरुले एक बर्ष भित्र जनताले थाहा पाउने र अनुभव गर्नेगरि काम गर्ने वताउनु भयो ।
समारोहमा नेकपा माओवादी केन्द्रका भक्त मल्ल,जनता समाजवादी पार्टीका धनकुटा नगर कार्य समितिका अध्यक्ष दिल कुमार राईले समेतले बधाई ज्ञापन गर्दै जनताको शासक नभई साथी भएर काम गर्न जनप्रतिनीधिहरुलाई सुझाव दिएका थिए ।
३ नं वडाको को कार्यक्रममा वडा कार्यालयको तर्फबाट वडा सचिव कृष्ण भण्डारी,रमा ढुंगाना लगायतले खदा माला लगाई जनप्रतिनिधिहरुलाई गरेका थिए भने निवर्तमान कार्यवहाक वडाध्यक्ष मेख वहादुर राईलाई सम्मान गरिएको थियो ।
धनकुटा नगरको १० वटा वडा मध्ये ५ वटा वडाहरुमा वडाध्यक्षहरु सहित सदस्य र वडा नं १ मा एक महिला सदस्य गठबन्धनले जितेको छ ।


