सहिदभूमीमा प्रहरीको कु”टाईबाट एमालेका एक कार्यकर्ता गम्भिर घाईते

नारायण कुमार राई/धनकुटा,१० जेठ । प्रहरीको कुटाईबाट नेकपा एमालेका एक कार्यकर्ता गम्भिर घाईते भएका छन् । घाईते हुनेमा शहिदभूमि गाउँपालिका वडा नं.६ माङ्तिनका ३३ बर्षिया निरन साङ्सनुन राई रहेका छन् ।

राष्ट्रिय यूवा संघका जिल्ला सदस्य राईको हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पठाईएको अस्पतालको आकस्मिक कक्षले जानकारी दिएको छ ।

राई आफ्नै गाउँमा बसिरहेको अबस्थामा प्रहरीले ‘ठोक ठोक’ भनेपछि आत्तिएर भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउगरी कुटपिट गरेको राईको कुरालाई उध्रित गर्दै वडा नं.६ का वडा अध्यक्ष हेमकुमार राईले जानकारी दिनुभयो ।

यो घटना एमालेको गएको ८ गते भएको चुनावी बिजय ¥यालीमा केहि ब्यक्तिहरुले आक्रमण गरेको घटना पछि घटेको श्रखलाको अंश भएको जिल्ला प्रहरी कार्यालयका एस.पी.लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार उक्त ¥यालीमा भएको आक्रमणपछि आक्रोशित एमालेको केहि समुहले ती आक्रमणकारीहरुलाई कुटपिट गरेका थिए ।

उक्त घटना पछि कुटाई खाने पक्षले प्रहरीमा उजरी दिएको र कुटपिट गर्नेमा निज निरनको पनि नाम रहेको हुंदा उनलाई प्रहरीले खोजतलास गरी समात्ने क्रममा उक्त घटना घटेको एस.पी.अधिकारीले जानकारी दिए ।

यस बिषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
गएको ८ गते भएको बिजय ¥यालीमा आक्रमणमा परेका ऐजन राईले नेपाली कांग्रेसका वडा सभापति बिकास राईको नेतृत्वमा आएका केहि यूवाहरुले आक्रमण गरेको जानकारी दिए ।

उक्त घटनामा सभापति राईले आफूलाई खुकुरी निकालेर खेदाएको जानकारी दिए । उक्त घटनापछि आक्रोशित भएर अनियन्त्रित भएका केहि एमालेका कार्यकर्ताहरुले कांग्रेस निकट यूवाहरुलाई कुटपिट गरेको उनले जानकारी दिए ।

उक्त घटनाको भत्सर्ना गर्दै नेपाली कांग्रेस धनकुटाले बिज्ञप्ती समेत जारी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।