एकतर्फी समाचार सम्प्रेषण गरेको भन्दै सहिदभुमी गाउँपालिका ६ नं वडा कार्यालयको आपत्ति

धनकुटा । केही अनलाईन खवरहरुले एक तर्फी रुपमा नेपाली कांग्रेस सहिदभूमि गाउँपालिका वडा नं ६ का वडा सभापति प्रति पूर्वाग्रही ढंगले कपोकल्पित र भ्रामक समाचार संप्रेषण गरेको भन्दै नेपाली कांग्रेस सहिदभुमी गाउँपालिका ६ नं वडा कार्यालयले आपत्ति जनाएको छ ।

समचार सम्प्रेषण गर्दा पार्टीका वडा सभापति विकास राईलाई सम्पर्क नै नगरि सभापति राईको विरुद्धमा नियोजित रुपमा षडयन्त्रपूर्वक, राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने जस्ता पत्रकार आचार संहिंता विपरितका कार्य नगर्न नगराउन र पत्रकारिताको नीति नियमको परिपालना गर्न गराउन समेत सरोकारवाला सबैलाई प्रेस विज्ञप्ति मार्फत सचेत गराईएको छ ।

त्यस्ता गलत, भ्रामक र कपोकल्पित समाचारको पछि नलाग्न समेत नेपाली कांग्रेस सहिदभुमी गाउँपालिका वडा नं ६ का सभापति विकास र सचिव प्रदीप राई द्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

नेपाली कांग्रेसले लोकतन्त्र, मानवअधिकार तथा वाक स्वतन्त्रताको विषयमा फराकिलो ढंगबाट सबैमा समान व्यवहार गर्दै आएको, लोकतन्त्र,मानव अधिकार, तथा वाक स्वतान्त्रताको विषयमा वकालत गर्दै लामो संर्घष गरि र बलिदान समेत दिदै आएको सबै सञ्चार जगत तथा सञ्चाकर्मीलाई प्रेस विज्ञप्ति मार्फत स्मरण गराईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।