धनकुटामा तीन दिने एकल चित्रकला प्रद्धर्शनी सुरु
धनकुटा,१२ जेठ । हाम्रो बहुमुखी पाठशाला धनकुटाले आयोजना गरेको तीन दिने एकल चित्रकला प्रद्धर्शनी बिहिबार बाट सुरु भएको छ ।

चित्रकार डिल्लीकृष्ण आलेको एकल चित्रकला प्रद्धर्शनी शुरु भएको हो ।प्र द्धर्शनीमा आलेद्धारा निर्माण गरिएको चित्रहरु राखिएको छ । हाम्रो बहुमुखी पाठशाला धनकुटाद्धारा आयोजित एकल चित्रकला प्रद्धर्शनी तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिकाका नवनिर्वाचित प्रमुख चिन्तन तामाङ्घले चित्र बनाएर गर्नुभयो ।
तीन दिन सम्म चल्ने उक्त एक्कल चित्रकला प्रद्धशनीमा आलेद्धारा निर्मित २ सय ५० बढि चित्रहरु प्रद्धर्शनीमा राखिएको पाठशालाका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो ।
राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी
सिन्धुपाल्चोक, १२ जेठ (रासस) :खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्नुभएको छ । वर्षाको समय सुरु हुनलागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफु विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उहाँको भनाइ छ । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उहाँले बताउनुभयो । बाढीपहिराले क्षति नगरोस् भनेर अम्बाथान अडिट अगाडि तार ग्याबिन वाल लगाइने भएको छ । उहाँले पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका चार घर स्थानीय सरकारसँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गेरेर बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ लैजान सकिने बताउनुभयो ।
उहाँले मेलम्चीका ठेकदार र कन्ट्याकटरको भुक्तानीलगायत जायज माग पूरा गर्न आफू तयार रहेको बताउनुभयो । सामाजिक उत्थानको बजेटबारे आज भोलिमा निर्णय हुने उहाँले जानकारी दिनुभयो ।
मेलम्चीको विकल्पमा वाग्मती नदीबाट दैनिक पाँच करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको र त्यस्तै पाँच करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई अभाव हुन नदिने सरकारको योजना रहेको उहाँले बताउनुभयो । त्यस्तै सिस्नेरी, ठोस्ने र महादेव खोलाबाट पानी ल्याउने विषयमा अध्ययन भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।


