प्रेस युनियन धनकुटाले विरामीहरुलाई फलफूल वितरण गर्दै मनायो ३१ औ स्थापना दिवस

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाले आज जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई फलफूल वितरण गर्दै ३१ औ स्थापना दिवस मनाएको छ ।

प्रेस युनियनको ३१ औ स्थापना दिवसको अवसरमा प्रेस युनियन धनकुटाद्धारा आयोजित कार्यक्रममा जिल्ला अस्पतालका करिब एक दर्जन विरामीहरुलाई फलफूल वितरण गरिएको सचिव विकास घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति निदेश राई, नेताहरु मनोहर नारायण श्रेष्ठ, विजय सन्तोषी राई, राजन पौडेल, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राया, पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, युनियनका अध्यक्ष हिमा चेम्जोङ्ग, प्रेस चौतारीका अध्यक्ष रविन कटेल लगायत संचारकर्मीहरुको सहभागिता थियो ।

यो पनि…
२०७४ को तुलनामा २०७९ मा काठमाडौं महानगरपालिकामा बदर मत बढ्यो
काठमाडौं, १३ जेठ /अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा काठमाडौं महानगरपालिकामा बदर मतको संख्या बढेको छ । निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा १६ प्रतिशत बदर भएको छ ।

काठमाडौं महानगरमा यसपटक १ लाख ९० हजार ९६२ मत खसेको थियो । खसेकोमध्ये १ लाख ५९ हजार ९०६ मत सदर र ३१ हजार ५६ मत बदर भएको छ । खसेको मतमा ८४ प्रतिशत सदर र १६ प्रतिशत बदर भएको छ ।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २२७ मत खसेको थियो । खसेको मतमध्ये १ लाख ६७ हजार २८६ मत सदर र २९ हजार ९४१ मत बदर भएको थियो । खसेको मतमा ८४.८ प्रतिशत मत सदर भएको थियो भने १५.२ मत बदर भएको थियो ।

यसपटकको निर्वाचनमा प्रतिशतको हिसाबले सबैभन्दा बढी बदर मत काठमाडौं महानगरपालिकाको वडा नं. १५ डल्लुमा खसेको छ । त्यहाँ खसेको मतमध्ये २४ प्रतिशत बदर भएको थियो । वडा नं. १५ मा ८ हजार ७२० मत खसेकोमा २ हजार ९९ मत बदर भएको थियो ।

काठमाडौं महानगरपालिकामा सबैभन्दा कम मत बदर वडा नं.५ हाँडिगाउँमा खसेको थियो । यहाँ खसेकोमध्ये ११ प्रतिशत मत बदर भएको थियो । वडा नं.५ मा कुल ४ हजार ७९ मत खसेकोमा ४५३ मत बदर भएको आयोगले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।