धनकुटालाई प्रादेशिक राजधानी बनाउन नसकेकोमा दु:खी छु : मन्त्री हाङ्गाम

धनकुटा,१३ जेठ । प्रदेश न १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले धनकुटालाई प्रादेशिक राजधानी बनाउन नसकेकोमा दु:ख व्यक्त गर्नु भएको छ ।

शुक्रबार नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । भौगोलिक, हावापानी, पूर्वाधार लगायतले समेत उपयुक्त रहेको धनकुटा लाई प्रादेशीक राजधानी बनाउने बिषयमा आफूले कुरा उठाउँदा कसैको साथ नपाएको भन्दै उहाँले आफू धनकुटा लाई राजधानी बनाउनु पर्छ भन्ने माग गर्ने आफू मात्र भएको तर बिराटनगरको पक्षमा बहुमत भएकोले बिराटनगर राजधानी भएको बताउँनु भयो ।

विराटनगर राजधानी हुंदा पूर्वि पहाडी जिल्लालाई अपायक भएको समेत उहाँको भनाई थियो । ताप्लेजुङ्ग घर भएका संसद धनकुटामा राजधानी बनाउँनु पर्छ भनेर माग गर्ने १ मात्र संसद रहनु भएको थियो ।

गोकर्णेश्वर नगर कार्यपालिकामा एमालेको समूह निर्वाचित
काठमाडौँ, १३ जेठ (रासस) :गोकर्णेश्वर नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले)को समूह निर्वाचित भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र एमाले गरी दुई दलले उम्मेदवारी दर्ता गराएकोमा एमालेको समूह निर्वाचित भएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो ।

निर्वाचित हुने महिला सदस्यमा लक्ष्मी भण्डारी, सरिता मिजार, गौरीमाया श्रेष्ठ, माया तामाङ र सीता दर्जी हुनुहुन्छ । यसैगरी दलित तथा अल्पसङ्ख्यक सदस्यमा पासाङ्वाङ्चु शेर्पा, देवीमाया लिम्बु राई कुलुङ् र हरिबहादुर विक निर्वाचित हुनुभएको छ । निर्वाचित पाँचै जना उम्मेदवारले २४ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसका उम्मेद्वारले भने २३ मत पाएका थिए ।

कार्यपालिका निर्वाचनका लागि ४७ मतदाता थिए । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेबाट २४, कांग्रेसबाट २२ र स्वतन्त्र एक सदस्य नगरसभामा निर्वाचित भएका थिए । स्वतन्त्रको मत पनि कांग्रेसलाई गएको छ । नगरपालिकाको–४ मा अध्यक्ष निर्वाचित जयराम महत कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेर विजयी हुनुभएको थियो । विसं २०७४ मा महत वडा नं ४ को वडा सदस्यमा कांग्रेसका तर्फबाट विजयी हुनुभएको थियो ।

कार्यपालिकामा पाँच महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवार हुने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट परेको जनाइएको छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौ वटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।

गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडा अध्यक्ष एमाले, तीन वडा अध्यक्ष कांग्रेस र एक वडा अध्यक्ष स्वतन्त्रका उम्मेद्वार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले सपथ लिएर कार्यभार सम्हालिसकेका छन् । कार्यपालिकाको निर्वाचन भएसँगै नगरपालिकाको कार्य सञ्चालनमा सहजता आएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖