उत्साहजनक विकास भएको छ : मुख्यमन्त्री राई

विराटनगर, १३ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यसप्रदेशमा विकासको काम उत्साहजनक भएको बताउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७९/८०को बजेट तर्जुमा छलफल तथा अन्तरक्रियामा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले महत्वपूर्ण योजनालाई सरकारको सिद्धान्त, प्राथमिकता एवं नीति तथा कार्यक्रममा समावेश हुने विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री राईले बजेट, नीति तथा कार्यक्रम बनाउने सरकार र कर्मचारीको दायित्व मात्र नभएर स्थानीय तहको जनप्रतिनिधि एवं सांसदको जिम्मेवारी भएको उल्लेख गर्दै जनताबाट आउने विकासका योजना नै व्यवहारिक हुने बताउनुभयो । उहाँले योजना छनोटमा जनता र सरोकारवालाको रुचाई र रोजाई हुनुपर्ने भन्दै सरकार घाटा बजेट बनाउने दिशामा नरहेको स्पष्ट पार्नुभयो ।

घाटा बजेट बनाएर आज श्रीलङ्कामा आर्थिक सङ्कट परेको भन्दै मुख्यमन्त्री राईले बजेट निर्माण अघि अझ सरोकारवालसँग घनिभूत छलफल गर्ने बताउनुभयो । अधिकार र बजेटका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग लडाई गर्ने विचार राख्दै उहाँले भन्नुभयो, “प्रदेशमा सिँचाइ, खानेपानी, पर्यटनजस्ता क्षेत्रमा प्रगति हासिल गरेको छ ।” उहाँले गलत बाटोबाट योजना नछिर्ने र जनप्रतिनिधिलाई अझ ठोस ढङ्गले योजना ल्याउन सुझाव दिनुभयो ।

सङ्घको निजामति कर्मचारी ऐन नआएका कारण प्रदेश सरकारले कर्मचारी भर्ना गर्न समस्या रहेको स्पष्ट पार्दै मुख्यमन्त्री राईले सरकारले बहुवर्षीय र नयाँ योजनामा बजेट विनियोजन नगर्ने बताउनुभयो । प्रदेशसभा सदस्य वशन्तीदेवी यादव, शिवनारायण गनगाँई, लिलाबल्लभ अधिकारी आम नागरिकले अनुभूति गर्ने किसिमको बजेट भएमा मात्र सरकारप्रति जनताको विश्वास बढ्ने विचार व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर प्रदेशको राजधानी भए पनि पूर्वाधार विकासमा पछि परेको बताउँदै अबको पाँच वर्षमा विराटनगरले विकासमा छलाङ लगाउने विश्वास दिलाउनुभयो ।

प्रमुख सचिव डा रामप्रसाद घिमिरेले प्राकृति सम्पदा र संस्कृतिले परिपूर्ण यो प्रदेशमा प्रगतिका प्रचुर सम्भावना र अवसर छन् भत्रुभयो । आर्थिक मामिला तथा योजना सचिव सुमन दाहालले प्रदेशको वास्तविकतामा रहेर सरकारले बजेट बनाइरहेको धारणा राख्नुभयो । कार्यक्रममा मोरङका गाउँपालिका र नगरपालिकाका प्रमुख एवं उपप्रमुखले विकासका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।