भानुभक्त र घाँसीको सालिक तोडफोड गरेको आरोपमा एक जना पक्राउ

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्ले बगैँचा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्क भित्रका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसी खड्कबहादुर ठाडा मगरको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति करिब १०ः३० बजे अज्ञात व्यक्तिले सालिकमा तोडफोड गरी क्षति पुर्‍याएको घटना भएको थियो। घटनाको अनुसन्धानका क्रममा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवरलाई इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वको टोलीले साउन ८ गते पक्राउ गरेको हो।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याई आपराधिक उपद्रव सम्बन्धी कसुरमा लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।