गणतन्त्र मजबुत हुँदै गएको मुख्यमन्त्री राईको धारणा

विराटनगर, १५ ज्येष्ठ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिदै मुख्यमन्त्री राईले गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ–‘लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । मुलुक गणतन्त्रसँगै संघीय शासन प्रणालीमा रुपान्तरित भएको छ ।’ मुख्यमन्त्री राईले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत नेपाली जनताले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेको विचार व्यक्त गर्नुभएको छ ।

‘भर्खरै स्थानीय तहको एक कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि मुलुकभर एकसाथ निर्वाचन सम्पन्न भएको छ, नेपाली जनताले यो निर्वाचनमार्फत संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेका छन्’ मुख्यमन्त्री राईले भन्नुभएको छ–‘यस निर्वाचनमार्फत नेपाली जनताले नेपालको राजनीतिक स्थीरता र समृद्धिको पक्षमा आफ्नो मत जाहेर गरेका छन्, अग्रगामी समाज निर्माणका लागि नेपाली जनताले प्रकट गरेको यो अभिमतप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

उहाँले निर्वाचनमा विजयी हुने सबै जनप्रतिनिधिहरूलाई बधाई दिदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ । ‘स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जगलाई थप मजबुत र संस्थागत गर्न मद्दत पु¥याएको छ । म भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुहुने सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्री राईले भन्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।