‘कबड्डी ४’ ले धनकुटामा रेकर्ड राख्दै

धनकुटा,१५ जेठ । कोरोना महामारीका कारण थला परेको चलचित्र क्षेत्रमा पर्खाइमा रहेको चलचित्र ‘कबड्डी ४’ पूर्वि पहाडी जिल्ला धनकुटामा समेत दर्शकको रोजाइमा परेको छ ।

चलचित्र हेर्न कै लागि धनकुटा सहित पहाडी जिल्ला तेह्रथुम, भोजपुर, संखुवासभाबाट समेत दर्शक धनकुटा आएका छन् । रिलिज भए बाटै दर्शकको अत्यादीक रोजाइका साथ चलचित्र परेको धनकुटाको एक मात्र सिनेमा हल धनकुटा सिनेमाहलका संचालक पूर्णकुमार चौधरीले बताउनु भयो ।

फिल्म हेर्न आउने अधिकांश दर्शकले फिल्मको सबै पक्षलाई राम्रो बताएको संचालक चौधरीले बताउनु भयो । यहाँले भन्नु भयो धनकुटामा यसरी फिल्म चलेको नयाँ रेकर्ड हो ।

दर्शकले समेत चलचित्रको सबै पक्ष राम्रो लागेको प्रतिकृया दिएका छन् ।

समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ, १५ जेठ (रासस) :नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आग्रह गर्नुभएको छ । उहाँले १५औँ गणतन्त्र दिवसका अवसरमा विज्ञप्ति जारी गरी मुलुकमा गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनमा जीवनोत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।

जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “सार्वभौमसत्ता पूर्णरुपमा जनतामा नीहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि ती व्यवस्थाबाट जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकिएको छैन”, उहाँले भन्नुभएको छ ।

अध्यक्ष नेपालले मुलुकलाई पुनःराजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएकाले जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

“असंलग्न परराष्ट्र नीतिप्रति निष्ठावान् रहँदै राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानको रक्षार्थ दृढ रहनु प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी हो”, विज्ञप्तिमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖