धनकुटामा सवारी दुर्घटना,दुई घाइते

धनकुटा । धनकुमा सवारी दुर्घटना भएको छ । जिल्लाको चौविसे गाउँपालिका ४ भैसे तामर करिडोर भित्री सडक खण्डमा दुई वटा जिप एकापसमा ठोक्किएर दूर्घटना भएको हो ।

दूर्घनामा परि दुई जना घाईते भएका छन् । घाईते हुनेमा सुनसरी ईटहरी १७ का ३९ वर्ष की जयकला लिम्बु र पाँचथरको तुम्बेवा गाउँपालिका ४ का २८ वर्षका देशकुमार शेर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटा सञ्चार शाखाले जनाएको छ ।

धरानबाट पाँचथर तर्फ आउदै गरेको को १ ज ९२५८ नं जीप र विपरित दिशाबाट जाँदै गरेको ना १ ज ४७२३ नं को जीप एकापसमा ठोक्किदा ना १ ज ४७२३ नं को जीपमा सवार लिम्बु र शेर्मा घाईते भएका हुन् ।

घाईते लिम्बुको निधारमा र शेर्माको दाहिने घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनिहरुलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले वताएको छ ।

प्रहरीका अनुसार दूर्घना ग्रस्त जीपहरु मध्ये बढी क्षती भएकोलाई मर्मत गर्न लगिएको र एउटा जीप मुलघाट प्रहरीको नियन्त्रणमा रहेको छ । दूर्घटनामा परि घाईते भएकाहरुको उपचारको बारेमा मिलापत्र समेत भईसकेको प्रहरीले जनाएको छ । दुर्घटना सोमवार भएको हो ।

कुलो सरसफाइ गर्दै किसान
टीकापुर, १७ जेठ (रासस)ःस्थानीय तह निर्वाचन सकिएसंगै कैलालीमा किसान धान खेतीमा जुटेका छन् । यसका लागि मल, बीउको जोहो , कुलो सरसफाइ, खेत जोत्नेजस्ता कार्यमा व्यस्त भएका हुन् । उनीहरु धानखेती गर्न एक महिनादेखि तयारीमा लाग्ने गरेको बताउँछन् ।

टीकापुर वनगाँउका बडघर तेजबहादुर चौधरीले धान रोप्न कुलाको मर्मतसम्भार र सरसफाइ गरिरहेका बताउनुभयो । “हामी हरेक वर्ष खेती गर्नुपूर्व एक महिनाअघि नै कुला सरसफाइ, मर्मतका काम गर्छौँ, यस वर्ष पनि सबै किसान कुलो सरसफाइमा खटेका छौँ”, उहाँले भन्नुभयो, “बर्खा लाग्नु पहिले बर्सेनि किसान सामूहिकरूपमा मूल कुलो, शाखा कुला, प्रशाखा कुला सरसफाइ गर्ने परम्परा छ ।”

कुला खन्न किसानले प्रथाका रूपमा समाजमा जनश्रमदानस्वरुप काम गर्ने गर्दछन् । यसका लागि घरपिच्छे एक जना जानुपर्ने हुन्छ । जुन घरबाट कुलो खन्न जाँदैनन्, ती किसानबाट क्षतिपूर्ति समेत लिने चलन छ । यसरी किसान आफ्नो खेतसम्म सिँचाइ सुविधाका लागि कुलो सरसफाइ गरिरहेको विपतपुरका बड्घर वीरबहादुर घर्तीमगर बताउनुहुन्छ । “हरेक घरबाट एक–एक जना किसान मर्मतका लागि जाने गर्नाले सजिलो हुन्छ”, उहाँ भन्नुहुन्छ, “सिँचाइ सुविधा नभए खेती उत्पादन राम्रो हुँदैन, त्यसैले यहाँका किसानले मिलेर कुलो सरसफाइ गर्ने, खेतसम्म सिँचाइ सुविधा पु¥याउने चलन छ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानीमूल कुलोका १४ प्रशाखा कुला जमरा मूल कुलोका १५ शाखा कुला, कुलरिया मूल कुलोका १९ शाखा कुलो रहेका र ती मूल कुलोका शाखामार्फत बनेका ८६३ उपशाखा कुलो रहेका छन् । यसरी यी शाखा र प्रशाखा कुलोमार्फत किसानका खेतसम्म पानी लैजाने कार्य हुन्छ । ती शाखा तथा प्रशाखा कुलो सरसफाइ र मर्मत नगरे पानी भए पनि किसानलाई पर्याप्त पानी पुग्दैन । त्यसका लागि कुलोको सरसफाइ गर्न आवश्यक हुने हुँदा सरसफाइ गर्ने गरिएको किसान बताउँछन् ।

जमरा जलउपभोक्ता समितिका अध्यक्ष मानबहादुर चौधरी किसानले बर्खाको समयमा कुलामा पर्याप्त पानी आउने र खेतीपाती गर्न सहज हुने भएकाले किसानले अनिवार्य सरसफाइ गर्ने गरेका बताउनुहुन्छ । “यो सामूहिकरूपमा गरिन्छ, सामूहिकरूपमा गर्दा खासै समस्या पनि हुँदैन”, चौधरी भन्नुहुन्छ, “किसानले यसरी वर्षमा एकपटक कुला सरसफाइ गरिन्छ । सरसफाइ नगरेमा कुलाको उचाइ बढ्ने गर्दछ । कुलामा बालुवा थुप्रिने, फोहर जम्ने कारणले सिँचाइमा समस्या हुने हुनाले सरसफाइ गरिन्छ ।”

किसानहरू यसरी खेतीको तयारीमा जुटिसक्दासमेत बीउ, मल अभावजस्ता समस्या समाधान हुन नसकेका किसान गुनासो गर्छन् । खेतीमा निर्भर किसानका लागि आवश्यक बीउ, मल, सिँचाइ, प्राविधिक ज्ञानजस्ता आवश्यक कुरा सरकारले दिनुपर्ने भए पनि किसान खेती गर्ने समयमा सधैँ समस्या झेल्न बाध्य छन् । टीकापुर–४ का किसान सुरवीर चौधरीले खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने र खेतीमा अनुदानजस्ता कार्यक्रम थपिएमा कृषिमा किसान रमाएर लाग्ने वातावरण बन्ने बताउनुभयो ।

जिल्लामा सञ्चालित सो आयोजनाले किसानलाई बीउ, मल, विषादिमा अनुदान दिने गरेको छ । आयोजनाले कृषि यान्त्रिकीकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रोसेसिङ, पूर्वाधारमा सहयोग गर्ने गरेको छ । यसैगरी केरा र च्याउखेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यवस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।