धनकुटा नगरपालिकाको कार्यपालिका र नगर परिषदमा गठबन्धनको बहुमत संगै एमालेबाट निर्वाचित मेयर घेराबन्दीमा

धनकुटा,१७ जेठ । धनकुटा नगरपालिकाका सम्पन्न भएको कार्यपालिका निर्वाचनमा गठबन्धनले आठ वटै सिटमा बिजय प्राप्त गरेपछि धनकुटा नगरपालिकाको कार्यपालिका र नगरपरिषदमा गठबन्धनको स्पष्ट बमुहत भएको छ ।

गठबन्धनको धनकुटा नगरको कार्यपालिका र नगर परिषदमा बहुमत प्राप्त गरे पछी एमालेका मेयर घेराबन्दीमा परेका छन ।नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की,कृष्णमाया श्रेष्ठ,मनकला लिम्बु,रेजिना हिङमाङ्ग,ज्ञानु राई र दलित वा अल्पसंङख्यक तर्फ सुरेन्द्र आठपहरिया,भोगेन्द्र आठपहरिया र दिल कुमार चाम्लिङ्ग लाई विजय हुनु भएकोले गठबन्धनले बहुमत प्राप्त गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

नगर कार्यपालिकामा गठबन्धनको तर्फबाट आठै जना विजयी कार्यपालिका सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सविच तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई,नगर सभापति नरेश श्रेष्ठ,उपसभापती अमित लो तामाङ्ग,नेकपा माओवादी केन्द्र धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती,सचिव खगेन्द्र विष्ट,जसपा धनकुटाका जिल्ला उपाध्यक्षद्धय विकास घिमिरे,पार्वती राई ,जिल्ला सविच श्रीराम रायमाझी लगायत खादा माला तथा टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना दिनु भएको थियो ।

सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष मिलन कुमार खड्की,वडा नं. ७ का वडाध्यक्ष तथा नपाली कांग्रेस धनकुटका जिल्ला सदस्य रोशेष श्रेष्ठ,महाधिवेशन प्रतिनिधि करुणा कटुवाल लगायतले समेत फुल माला खादा लगाई दिई बधाई दिनु भएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाच जना वडाध्यक्ष सहित २६ जना नगर परिषद सदस्य र नेकपा एमालले मेयर ,उपमेयर र वडाध्यक्ष पाच जना सहित २५ जना नगर परिषद सदस्य विजयी प्राप्त गरेका थिए ।

धनकुटा नगर पालिकाकाको आज सम्पन्न निर्वाचन पछी २० जना कार्यपालिकामा गठबन्धनको १३ जना र नेकपा एमालेको ७ जना मात्र र ५४ जना नगर परिषद सदस्यहरुमा गठबन्धनको २९ जना र नेकपा एमालेको २५ जना मात्र भएकोले धनकुटा नगर कार्यपालिकामा र धनकुटा नगर परिषद सदस्यमा गठबन्धनको स्पष्ट बहुमत भएको हो ।

धनकुटा नगर पालिकाकामा वठबन्धनले नगर कार्यपालिका र नगर परिषदमा बहुमत प्राप्त गरेपछि नेकपा एमालेले अल्पमतमा परेपछी अव नेकपा एमालेका तर्फबाट विजयी मेयर चिन्तन तामाङ्ग गठबन्धनको घेराबन्दीमा पर्ने निश्चित भएको अव गठबन्धनको सहमती बिना उहालाई कार्य संचालन गर्न समेत कठिनाई पर्ने पक्का भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।