जनताको साथी भएर काम गर्न निर्देशन

धनकुटा । धनकुटा नगरपालिकाको नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई गठबन्धनले आज बधाई ज्ञापन गरेको छ । बधाई ज्ञापन गर्दै गठबन्धनले उनिहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएको छ ।

धनकुटा नगर कार्यपालिकाका निर्वाचनमा गठबन्धनको तर्फबाट विजयी भएका महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की,कृष्णमाया श्रेष्ठ,मनकला लिम्बु,रेजिना हिङमाङ्ग,ज्ञानु राई र दलित वा अल्पसंङख्यक तर्फ सुरेन्द्र आठपहरिया,भोगेन्द्र आठपहरिया र दिल कुमार चाम्लिङ्गलाई गठबन्धनको तर्फबाट नेताहरुले निर्वाचन घोषणा पछि खादा माला तथा टिका लगाई बधाई ज्ञापन गरेका हुन् ।

गठबन्धनको तर्फबाट आठ जना विजयी कार्यपालिका सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सविच तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई,नगर सभापति नरेश श्रेष्ठ,उपसभापती अमित लो तामाङ्ग,नेकपा माओवादी केन्द्र धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती,सचिव खगेन्द्र विष्ट,जसपा धनकुटाका जिल्ला उपाध्यक्षद्धय विकास घिमिरे, ,जिल्ला सविच श्रीराम रायमाझी सहित वडा नं ५, ६ र ७ का वडाध्यक्षहरुले पनि सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा उनिहरुले कार्यपालिका सदस्यहरुलाई जनताको साथी भएर काम गर्न निर्देशन दिए ।

नगरको आज सम्पन्न निर्वाचन पछि २० जना कार्यपालिकामा गठबन्धनको १३ जना र नेकपा एमालेको ७ जना र ५४ जना नगर परिषद सदस्यहरुमा गठबन्धनको २९ जना र नेकपा एमालेको २५ जना छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖