मध्यपहाडी लोक मार्ग अन्तर्गत हिले-पाख्रीवास सडक खण्डमा लरी दुर्घटना, सडक पूर्ण रुपमा अवरुद्ध

धनकुटा । मध्यपहाडी लोक मार्ग अन्तर्गत हिले-पाख्रीवास सडक खण्ड पाख्रीवास ३ मुगा खोलामा लरी दूर्घटना हुँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गएराती साढे ११ बजे तिर पाख्रीवास ८ सुनवालुवा देखी पुल निर्माणको लागि ल्याईएको मेशिन बोकेर विरगञ्ज तर्फ जाँदै गरेको ना ७ प ६५०१ नं को लरी ब्रेक फेल भई दूर्घटना भएको प्रहरीले जनाएको छ ।

सकडमा अहिले मोटरसाईकल समेत आवत जावत गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको । अवरुद्ध सडक नेपाल प्रहरी सहितको टोलिले खुलाउने खुलाउने प्रयास गरिरहेको छ ।

कुवेत जानलाई काठमाडौँबाट भन्दा भैरहवाबाट ८ हजारले सस्तो

काठमाडौं । यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ ।

जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ ।

यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। ‘भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ,’ जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने।

काठमाडौँ-कुवेतको भन्दा भैरहवा(कुवेतको हवाई भाडा निकै सस्तो छ । भैरहवा-कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताए ।

“यहाँबाट कुवेतमात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार लगायतका खाडीका अन्य देश समेत जाने यात्रुहरू बढी रहेका छन् ।

अहिलेसम्म भैरहवा–कुवेत ८ उडान भइसकेकोमा ३ उडानमा फुल बोर्डका साथै अन्यमा पनि ८० प्रतिशतभन्दा बढी यात्रु उडेका छन् ।

यो खबर आजको कारोबार दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।