सहिदभूमिका बिसुंखे र राई ला’गुऔ’षध गाँ’जा सहित पक्राउ

विराटनगर, जेठ १९ । धनकुटाबाट ला’गुऔ’षध गाँ’जा सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बिहान साढे १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउदै गरेको को१ज ३३२३ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर ल्याएको ला’गुऔ’षध गाँ’जा ९ केजी ५०० ग्राम फेला परेको थियो ।

गाँ’जा फेला परे पश्चात सोही गाडीमा सवार धनकुटा सहिदभुमी गाऊपालिका २ का २० बर्षीय उपेन्द्र बिसुंखे र गाडी चालक सहिदभुमी गाऊपालिका ३ का २९ बर्षीय लोकेन्द्र राईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनकुटामा लगी थप अनुसन्धान भईरहेको छ ।

चितवनमा पुस्तक अभाव
चितवन, १९ जेठ (रासस) :नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र काक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको छ । अन्य पुस्तक धमाधम वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ ।

गत वर्ष यस केन्द्रबाट ४५ लाख सेट पुस्तक बितरण गरिएको थियो । यस शैक्षिक सत्रमा अहिलेसम्म ३० हजार सेट पुस्तक वितरण गरिएको छ । अझै १५ हजार सेट पुस्तक माग भएको उहाँले बताउनुभयो । थप माग भएका पुस्तक केन्द्रीय कार्यालयसँग माग भएको उल्लेख गर्दै उहाँले यही महिनाभित्र पुस्तक विद्यार्थीको हातहातमा पुग्ने बताउनुभयो ।

यहाँबाट वितरण हुने जिल्लामा १६५ पुस्तक पसल दर्ता भएर पुस्तक बिक्री वितरणका लागि लगेका छन् । टाढाबाट आएका व्यवसायीले अहिले दर्ता गर्दै पुस्तक लाने गरेको उहाँको भनाइ छ । जिल्लामा मात्रै ८९ पुस्तक पसल दर्ता छन् । जिल्लामा ३२५ सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयमा ९५ हजार २०४ विद्यार्थी अध्ययनरत रहेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले पुस्तकको अभाव हुन नदिनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अनुरोध गरिएको बताउनुभयो । जिल्लालाई उच्च प्राथमिकतामा राखेर थप पुस्तक पठाउनका लागि लिखितरुपमा अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।