सहिदभुमिमा सञ्चालन भइरहेको बंगुर विकास कार्यक्रमको सार्वजनिकीकरण गोष्ठी सम्पन्न

धनकुटा । धनकुटा सहिदभुमि गाउपालिकाको वडा नं ६ सुके आहालमा सञ्चालन भइरहेको बंगुर विकास कार्यक्रमको सार्वजनिकीकरण गोष्ठी सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बार्षिक स्वकृत कार्यक्रम अन्तरगत गाउपालिकाको वडा नं ६ मा बंगुर विकास कार्यक्रम सञ्चालन भइरहेको छ ।

जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र नमूना कृषि तथा पशुपालन समूह सुकेहालका कृषहरुको साझेदारीमा बंगुर विकास कार्यक्रम संञ्चालन भईरहेको हो ।

जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाको २० लाख र कृषक समुहको ६ लाख ६७ हजार गरी जम्मा २६ लाख ६७ हजार बराबरको कार्यक्रम सञ्चालन भईरहेको छ ।

यो कार्यक्रमबाट कृषकले औषधि उपचार ,बंगुरको खोर निमार्ण , होडिङ्घ बोर्ड निमार्ण , बंगुर चारा खरिद तथा वितरण , उन्त जातका बंगुरको पाठा खरिद लगायतका कार्यक्रमका बारेमा गोष्ठिमा सार्वजनिक गरिएको थियो ।

कार्यक्रम नमुना कृषि तथा पशुपालन समुहका अध्यक्ष कृष्णा कुमारी राईको अध्यक्षता समपन्न भएको कार्यक्रममा गााउपालिका अध्यक्ष मनोज राई , वडा अध्यक्ष हेमकुमार राई , पशु सेवा विज्ञ केन्द्र धनकुटा लोक नाथ ढुङ्गाना लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन समुहका सचिव डम्बर कुमारी राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।