धनकुटा र महालक्ष्मी नगरका क्रमश: मेयर र वडाध्यक्षको पुन: मतगणनाबारे परेको मुद्धामा सात दिन भित्र लिखित प्रतिवाद गर्न विपक्षीलाई आदेश
धनकुटा । धनकुटा नगरपालिकाको मेयर र महालक्ष्मी नगरपालिकाको वडा नं ८ को वडाध्यक्षका गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको पुन: मतगणना गरी पाउ भनी दिएको मुद्धामा विपक्षीहरुलाई सात दिन भित्र लिखित प्रतिवाद गर्न अदालतले आदेश भएको छ ।
धनकुटा नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राई र महालक्ष्मी नगरपालिका वडा नं ८ का नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवरा हिक्मत वहादुर भण्डारीको तर्फबाट फेरि मतगणना गरी पाउ भनी उच्च अदालत विराटनगर धनकुटा ईजलासमा दर्ता भएको मुद्धामा न्यायधिश अञ्जु उप्रेती ढकालको एकल ईजलासबाट विपक्षीहरुलाई सात दिन भित्र लिखित प्रतिवाद गर्न अदालतले आदेश दिएको हो ।
मुख्य निर्वाचन अधिकृत,निर्वाचत अधिृकतको कार्यालय र विजयी उम्मेदवारलाई बिपक्षी बनाई उच्च अदालत विराटनगर धनकुटा ईजलासमा गत जेष्ठ १८ गते दोहो¥याई मतगणना गरी पाउ भनी नेपाली कांग्रेसको तर्फबाट धनकुटा नगरपालिकाका मेयरका उम्मेदवार दिनेश राई र महालक्ष्मी नगरपालिका वडा नं ८ का कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत वहादुर भण्डारीको तर्फबाट मुद्धा दर्ता गराईएको थियो ।
सो मुद्धामा डि एल ए संग सम्वद्ध कानुन व्यावसायीहरु विद्धान अभिवक्ताहरु आनन्द सन्तोषी राई,कृष्ण प्रसाद सेढाई,दिपक गुरागाई र रमेश श्रेष्ठले वहस गरेका थिए ।
धनकुटा नगरपालिकाको कांग्रेसका मेयरका उम्मेदवार राई र महालक्ष्मी नगरपालिकाको ८ नं वडाध्यक्षका उम्मेदवार हिक्मत वहादुर भण्डारीलाई निर्वाचत अधिृकतको कार्यालयहरुले एकपक्षिय,जवरजस्ती र धाधलीपूर्ण ढंगले मत गणना गरी जनताको मतको समेत अपमान गर्दै पराजित भएको घोषणा गरेको भन्दै यसमा चित्त नबुझेकोले दोहो¥र्याई मतगणना गरी पाउ भनी मुद्धा दर्ता गराईएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
निर्वाचनमा धनकुटा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार दिनेश राईले १४ मतले र महालक्ष्मी नगरपालिका वडा नं ८ का वडाध्यक्षका उम्मेदवार हिक्मत भण्डारीले २ मतले पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको थियो ।




