बालपन्च माबि पाख्रीबासमा बाल क्लब र जुरेस पुनर्गठन

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा मं २ माथिल्लो सान्ने स्थित श्री बालपन्च माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कल र आदर्श बाल क्लबको पुनर्गठन गरिएको छ ।

बिद्यालयमा आज सम्पन्न कार्यक्रममा कक्षा १० का छात्रा रिना बरुवालको अध्यक्षतामा १३ सदस्यीय जुनियर रेडक्रस सर्कल र कक्षा १० कै छात्रा कुमारी पिठाकोटे मगरको अध्यक्षतामा १३ सदस्यीय आदर्श बाल क्लब पुनर्गठन तथा बिद्यार्थीहरुलाई ४ वटा सदनमा विभाजन गरिएको बिद्यालयका सुचना अधिकारी चेतनाथ खनालले जानकारी दिनु भयो ।

बाल क्लबको उपाध्यक्षमा उदिप मगर,सचिव कोमल अधिकारी,सह सचिव महेश तामांग,कोषाध्यक्षमा गीता खपांगी र सदस्यहरुमा विकेश राना,दीपा मगर,तुलसा मगर,रन्जना तामांग,समीर तोलांगी,रन्जिता तोलांगी,जमुना राना,सफल तामांग रहेका छन् ।

त्यसैगरि जुरेस उपाध्यक्षमा विश्वालदीप मगर,सचिव कविता कुंवर,सह सचिव मिलन थापा,कोषाध्यक्ष अंकिता कटुवाल र सदस्यहरुमा ठगेन्द्र तोलांगी,प्रतिक्षा श्रेष्ठ,विजय पुलामी, इच्छा राना,मेलिना तामांग,विष्णु बरुवाल,इन्का थापा मगर र मन्जु पिठाकोटे रहेका छन् ।

पुनर्गठित जुरेस र बाल क्लबले बिद्यालयमा विभिन्न रचनात्मक शैक्षिक कार्यक्रमहरु गर्नेछन् ।

कार्यक्रमको सभापतित्व बिद्यालयका नि.प्रअ तथा सुचना अधिकारी खनालले गर्नु भएको थियो भने संचालन शिक्षिका उर्मिला देउजाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖