धनकुटा नगरपालिकाका निर्वाचित कार्यपालिका सदस्यहरुलाई अनुशिक्षण तथा बधाई ज्ञापन

धनकुटा,२२ जेष्ठ । धनकुटा नगरपालिकाका गठबन्धनबाट निर्वाचित कार्यपालिका सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाले अनुशिक्षण कार्यक्रमका साथ बधाई ज्ञापन गरेको छ ।

धनकुटा नगर कार्यपालिकाको हालै भएको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की,कृष्णमाया श्रेष्ठ,मनकला लिम्बु,रेजिना हिङमाङ्ग,ज्ञानु राई र दलित वा अल्पसंङख्यक तर्फ सुरेन्द्र आठपहरिया,भोगेन्द्र आठपहरिया र दिल कुमार चाम्लिङ्ग विजय हुनु भएको थियो ।

धनकुटा नगर पालिकाकाको सम्पन्न निर्वाचन पछि २० जना कार्यपालिका सदस्य मध्य गठबन्धनको १३ जना र नेकपा एमालेको ७ जना मात्र र ५४ जना नगर परिषद सदस्यहरु मध्य गठबन्धनको २९ जना र नेकपा एमालेको २५ जना मात्र भएकोले धनकुटा नगर कार्यपालिकामा र धनकुटा नगर परिषद सदस्यमा गठबन्धनको स्पष्ट बहुमत भएको नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा नगर कार्यपालिकामा गठबन्धनको तर्फबाट आठै जना विजयी कार्यपालिका सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सविच तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई,प्रवक्ता खगेन्द्र घिमिरे, प्रदेश सभा क्षेत्र नं. ख का क्षेत्रिय सभापती राजन पौडेल,महाधिवेशन प्रतिनिधि प्रकाश थुलुङ्ग लगायतका नेताहरु खादा माला तथा टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभ कामना समेत सो अवसरमा दिनु भएको थियो ।

धनकुटा नगरपालिकामा गठबन्धनबाट जित्नु भएका कार्यपालिका सदस्यहरुलाई स्थानीय सरकार संचालन र कार्यपालिकाका सदस्यहरुको भूमिकाको वारेमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले सहजीकरण गर्नु हुदै जनताले थाहा पाउने र देखिने किसिमको काम गर्न निर्देशन दिनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖