सहिदभुमिमा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा

धनकुटा । धनकुटा सहिदभुमि गाँउपालिकाको पहिलो कार्यपालिकाको बैठक बाट ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

बैशाख ३० गते भएको निर्वाचनबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएपस्चात पालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको सहिदभुमिको पहिलो कार्यपालिको बैठकले ७० वर्ष माथिका जेष्ठनागरीकलाई निशुल्क एम्बुलेन्स सेवा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाको पहिलो बैठकले स्थानिय तह निर्वाचन २०७९ मा आफ्नो मताधिकार प्रयोग गरी अमुल्य मत प्रदान गर्नुहुने सम्पुर्ण सहिदभुमि गाउपालिकाबासी मतदाताहरु,निर्वाचन प्रक्रियामा सहयोग पु¥याउने कर्मचारी, सुरक्षकर्मी लगायत सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ ।

त्यस्तै ७० वर्ष माथिका जेष्ठ नागरीक , पुर्णअपाङ्ग ,६५ वर्ष माथिका अल्पसंख्यक ,दलितहरुका लागि कार्यविधि निमार्ण गरेर साउन १ गते देखि धनकुटा ,धरान , विराटनगरका अस्पताल सम्म एकपटक पु¥याउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको सहिदभुमि गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत लोचन प्रसाद दाहालले जानकारी दिनुभएको छ ।

यस्तै अपाङ्ग परीचय पत्र वितरण समन्यव समिती १ जना सदस्य मनोनित गरिएको छ । कार्यपालिकाको बैठकले राजश्व परामर्श समितीमा १ जनामहिला रहने गरी २ जना सदस्य मनोनयन गरिएको छ । यस्तै बैठकले विभिन्न विषयगत समिति गठन समितिमा सदस्य मनोनयन को विषयमा छलफल तथा मनोनित गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।