जिल्ला समन्वय समिति धनकुटामा कांग्रेसको उम्मेदवारी दर्ता सँगै जोड घटाउ शुरु,राजनीतिमा नयाँ तरंग

धनकुटा । नेपाली कांग्रेस धनकुटाले निर्वाचन जित्ने दावी गर्दै धनकुटाको जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता गरेपछि जोड घटाउ शूरु भएको छ ।

समितिमा कांग्रेसको उम्मेद्धारी दार्ता भए सँगै नेकपा एमालेलेलाई भोट जोगाउन सकस भएको छ । नेपाली कांग्रेस धनकुटाको जिल्ला संसदिय समितिका सभापति दिनेश राईको अध्यक्षतमा बसेको बैठकले धनकुटा जिल्ला समवन्य समितिको संयोजक चर्चित तथा लोकप्रिय प्रभावशाली यूवा नेता हर्कमान चेम्जोङको नेतत्वमा उम्मेदवारी दर्ता गराएपछी धनकुटाको राजनितिमा नया तरंग उत्पन्न भएको छ ।

कांग्रेसको तर्फबाट जिल्ला समन्वय समिति संयोजक चेम्जोङ उपप्रमुख महिला नेता मञ्जु कार्की र महिला सदस्यहरुमा बिमला राई,सरिता खत्री भण्डारी, डम्वर कुमारी अधिकारी धमलाले र अन्य सदस्यहरुमा सुष्मा गुरुङ्ग,कुसुम जोशी, सुशिल कुमार मगर र दलित सदस्यमा दुर्गा दर्जीले उम्मेदवारी दिएका हुन्।

जिल्लाको सात वटा पालिकाकाका प्रमुख तथा उपप्रमुखरु गरी १४ जना मतदाताहरु रेहेकोमा कांग्रेसको दुई मेयर र दुई उपमेयर ,नेकपा माओवादी केन्द्रको एक उपाध्यक्ष र नेकपा एमालेको एक मेयर,तीन उपमेयर र दुई अध्यक्ष , तीन उपाध्यक्ष रहेका छन ।

एमालेका तिन देखी चार मत सम्म नेपाली कांग्रेसले ल्याउन सक्ने भन्दै कांग्रेसले जिल्ला समन्वय समितिको निर्वाचनमा जित्ने दावीका साथ उम्मेद्धारी दर्ता गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

नेकपा एमालेबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरुले समेत भोट दिने आफुलाई विश्वास दिलाएकोले आफु जित्ने त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने नेपाली कांग्रेस धनकुटाको तर्फबाट जिल्ला समन्वय समितिका संयोजकका उम्मेदवार हर्क चेम्जोंग वताउनु हुन्छ ।

जिल्ला समन्वय समितिको निर्वाचन जसरी भए पनि जित्ने रणनीतिका साथ अगाडी बढीरहेको जिल्ला सभापती दिनेश राईले दावी गर्नुभयो ।

नेकपा एमाले धनकुटामा जिल्ला समन्वय समितिको उम्मेदवार छनौटमा तिव्र विवाद भएपछि अहिले टिकट वितरण प्रति स्वयम पालिका प्रमुख तथा उपप्रमुखहरु सन्तुष्ट नरहेकोले पनि कांग्रेसले जित्ने सम्भावना बढेको नेताहरुको बुझाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।