अवैध रुपमा भण्डारण गरेको खाध्यान्न सामग्री बरामद
मोरङ, जेष्ठ २५ । मोरङको बिराटनगर महानगरपालिका-११ स्थितबाट अवैध रुपमा भण्डारण गरी राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरको छ ।
हिजो दिउसो ११ बजे बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर-११ मा रहेको शिवम गणपती ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको अन्दाजी मुल्य ६ लाख ७१ हजार रुपैया बरावरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाध्यान्नका सामग्री बरामद गरेको हो ।
बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रदेश नं १ को नीति तथा कार्यक्रम आज
विराटनगर, २५ जेठ (रासस):प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ तथा बजेट अधिवेशन हो ।
प्रदेशसभा गठन भएपछि प्रदेश सरकारको कार्यकालको यो अन्तिम बजेट अधिवेशन हो । नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि आगामी असार १ गते आव २०७९÷८० लागि सरकारले अनुमानित आयव्यय बजेट सार्वजनिक गर्ने र यसका लागि बजेट निर्माण भइरहेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
सरकारले यस वर्ष करिब रु ३२ अर्ब हराहारीको बजेट ल्याउन लागेको मन्त्रालयका सचिव सुमन दाहालले जाननकारी दिनुभयो । अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र जनताको आवश्यकता एवं चाहनामा केन्द्रित भएर बजेट निर्माण गरिरहेको तथा यसका लागि निजी क्षेत्र, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थासँग छलफल एवं राय र सुझाव सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।


