जिल्ला समन्वय समिति धनकुटा नेकपा एमालेको बन्ने पक्का
धनकुटा,२५ जेठ । जिल्ला समन्वय समिति धनकुटा नेकपा एमालेको बन्ने पक्का भएको छ । जसका लागि मंगलबार उम्मेदवारी मनोनय दर्ता कार्य सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेबाट प्रमुख ,उपप्रमुख सहित ९ जनाको उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।एमालले जिल्ला समन्वय प्रमुखका लागि निरेन तामाङ्ग र उपप्रमुख पदका लागि साबित्रा राईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा रविन्द्र न्यौपाने ,बालकुमारी रुचाल ,इन्दिरा याँखा ,नेत्र भण्डारी ,टिकाराम मगर ,सिता भण्डारी र कमल कुमारी लिम्बू रहेकाछन् । यता सत्ता गठबन्धनबाट जनता समाजवादी पाटी लाई समन्वय प्रमुख दिने सहमती भए पनि अन्तीममा आएर नेपाली कांग्रसको तर्फ बाट मात्र उम्मेदवारी परेको छ कांगे्रसको तर्फ बाट प्रमुख पदमा हर्क चेम्जोङ्ग ,उपप्रमुख पदमा मन्जु कार्कीको उम्मेदवारी परेको छ ।
सदस्यहरुमा विमला राई ,डम्बरकुमारी अधिकारी ,सरीता खत्री भण्डारी ,सुस्मा गुरुङ,कुशुम जोशी श्रेष्ठ ,सुनिल कुमार मगर र दुर्गा दर्जी रहेकाछन् ।
जिल्लाको सात स्थानिय तहका प्रमुख उपप्रमुख गरी जम्मा १४ जनाले मत दिन पाउने छन् जसले गर्दा नेकपा एमाले संग ३ प्रमुख ६ उपप्रमुख छन्। कांग्रेस संग ४ प्रमुख र नेकपा माओवादी केन्द्र संग १ उपप्रमुख मात्र रहेका छन् यसरी हेर्दा जिल्ला समन्वय समिती एमालेको हुने देखिन्छ ।


