पत्रकार महिलाहरुद्वारा नयाँ पारिश्रमिक सूचि तय गरि तत्काल कार्यान्वयन गर्न माग

धनकुटा । पत्रकार महिलाहरुले नयाँ पारिश्रमिक सूचि तय गरि तत्काल कार्यन्वयन गर्न माग गरेका छन् । शुक्रबार धनकुटाको भेडेटारमा सम्पन्न पत्रकार महिलाहरुको १ नं प्रदेश स्तरिय भेलाले १४ बुँदे घोषणा पत्र जारी गर्दै त्यस्तो माग गरेको हो ।

भेलामा पत्रकार महिलाहरुले श्रमजीवि पत्रकारहरक लागि हाल तोकीएको न्यूनतम पारिश्रमिक समय सान्र्दभिक नभएको भन्दै यसलई पून अबलम्बन गर्दै नयाँ पारिश्रमिक सूचि तय गरि सरकारले तत्काल कार्यन्वय गर्नुपर्ने बताएका छन् ।

उनिहरुले पत्रकार महिलाहरुले सञ्चालन गरेका सञ्चारगृहहरुलाई विशेष सुविधाका कार्यक्रम ल्याउन,पत्रकार महिलाहरुलाई यस पेशामा टिकाई राख्न र उनिहरुको क्षामता विकासका लागि तीनै तहका सरकारले नीति बनाई कार्यक्रम लागु गर्न,यो पेशामा महिलाहरुलाई टिकई राख्न पत्रकार महासंघ सरकारी निकाय सँग समन्वय गरि क्षामता अभिवृद्धीका तालिम सञ्चालन गर्न,श्रमजीवि पत्रकार ऐनमा व्यवस्था भएका प्रावधान लागु गर्न,कोरोना महामारीको कारण देखाएर विभिन्न सञ्चारगृहबाट बेतलवी विदामा राखिएका र कामबाट निकालिएका सञ्चारकर्मीहरुको तत्काल कार्यक्षेत्रमा पून स्थापित गर्ने वातावरण र्सिजना गर्न,सञ्चारगृहलाई सरकारले प्रदान गर्ने विज्ञापन समानुपतिक रुपमा वितरण गर्न,कार्यक्षेत्रमा खटिरहँदा पत्रकार महिलाहरुमाथि भएका दूव्र्यवहार र घटना प्रति ध्यानाकर्षण गर्दै त्यस्ता घटनामा संलग्नलाई कारवाहि गर्न,पत्रकार महिलाका लागि कानुनले तोके अनुसारको सुत्केरी विदा सहितका अन्य विदा दिन,फेलोसिप,लेखनवृती जस्ता कार्यक्रम सञ्चालन गर्न र पत्रकार महिलाहरुलाई आवश्यक उपकरण उपलव्ध गराउन लगायत माग गरेका छन् ।

दुईदिन सञ्चालित भेला यातायात व्यवस्था तथा सञ्चार मनत्रालय प्रदेश नं १ को आयोजना तथा नेपाल पत्रकर महासंघ प्रदेश १ को समन्वयमा भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖