भेडेटारमा सञ्चारगृह सञ्चालन गर्ने महिलालाई पालिकाबाट ५० प्रतिशत छुट

धनकुटा । सागुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पर्यटकीय स्थल भेडेटारमा सञ्चारगृह सञ्चालन गर्ने महिलालाई गाउँपालिकाबाट ५० प्रतिश छुट दिने प्रतिवद्धता जनाउनु भएको छ ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश १ विराटनगरको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश १ को सहकार्यमा दुई दिन सञ्चालित प्रदेश स्तरिय पत्रकार महिला सशक्तिकरण गोष्ठिमा बोल्दै उहाँले त्यस्तो प्रतिबद्वता जनाउनु भएको हो ।

यो गाउँपालिका क्षेत्रबाट अहिलेसम्म सञ्चारकर्मी उत्पादन तथा सञ्चारगृह सञ्चालन नभएको भन्दै उहाँले यहाँ महिलाहरुले सञ्चारगृह सञ्चालन गरे गाउँपालिकाले ५० प्रतिशत सहयोग गर्ने बताउनु भयो । उहाँले यो गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा स्थापित गर्ने आफ्नो लक्ष रहेको उल्लेख गर्नुभयो ।

सागुरीगढी गाउँपालिकाका धेरै वडा भौगोलिक बनावटको हिसावले विकट रहेको भएपनि कृषी र पर्यटनलाई जोड दिदै अघि बढ्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित गोष्ठिमा अध्यक्ष राईले पर्यटकिय स्थललाई लक्षित गरि दुईवटा टुरिस्ट बस सञ्चालन गर्न प्रदेश सरकार समक्ष आग्रह गर्नुभयो ।

अहिलेसम्म यहाँ आउने पर्यटकहरु नीजि सवारीमा आवत जावत गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले काकडभिट्टा र जोग्मनीबाट दुईवटा टुरिस्ट बस सञ्चालन गर्न सके पर्यटन प्रवद्र्धनमा थप सहज हुने बताउनुभयो ।

गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले सवारी चालक अनुमति पत्र फाराम भरेको १५ दिन भित्र दिने,सवारी साधनमा यात्रागर्दा लिईने दिईने भाडादरमा अनियमितता नहोस् भन्नका लागि स्पार्ट कार्डको व्यवस्था, दूर्घटना न्यूनिकरणका लागि ठूला शहरहरुमा पाकिङ स्थलको अनिवार्य तत्काल व्यवस्था गर्ने मन्त्रालयको तयारी रहेको जानकारी गराउनुभयो ।

साथै उहाँले लागुऔषध दूव्र्यसन विरुद्ध सशक्त र सकरात्मक कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖