कांग्रेस धनकुटाले जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई दियो धन्यवाद

धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्नु हुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सविच विजय सन्तोषी राईले विज्ञप्ति जारी गर्दै धनकुटा जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्ने सम्पूर्ण पालिकाका प्रमुख र उपप्रमुखहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको हो ।

धनकुटा जिल्ला समन्वय समितिको आज भएको निर्वाचनमा नेकपा एमालेका निरेन तामाङको नेतृत्वमा रहेको एमालेको टिमले ९ मत प्राप्त गरी बिजयी भएको थियो । नेपाली कांग्रेस धनकुटाका हर्क चेम्जोङको नेतृत्वमा रहेको कांग्रेसको प्यानलले ५ मत प्राप्त गरी उपबिजेता भएको थियो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव राईले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएसँगै अब संघिय र प्रदेश निर्वाचन जित्न विशेष योजना सहित सक्रियता पूर्वक लाग्न सवै नेता, कार्यकर्ताहरुलाई विज्ञप्ती मार्फत अपिल गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।