पाख्रिबास नगर प्रमुख गुरुङलाई हार्दिक बधाई तथा शुभकामना प्रदान
धनकुटा । धनकुटा जिल्ला प्याब्सनद्धारा पाख्रीबास नगरपालिका नगर प्रमुख ज्ञान बहादुर गुरुङलाई नगरपालिकाको गरिमामय पदमा निर्बाचित भएकोमा हार्दिक बधाई तथा शुभकामना प्रदान ब्यक्त गरिएको छ ।
बधाई तथा शुभकामना प्रदान कार्यक्रममा प्याब्सनका अध्यक्ष तथा तमोर भ्याली स्कुलका संचालक दुर्गा लुईटेल, उपाध्यक्ष तथा दिप ईङलिस बोर्डिङ स्कुलका संचालक केशन श्रेष्ठ, सचिव तथा मनकामना स्कुलका प्राचार्य ईन्द्र बहादुर राई, कोषाध्यक्ष तथा बाल संसार स्कुलका संचालक
दिनेश अधिकारी, प्याब्सनका प्रमुख सल्लाहकार तथा मदरल्याण्ड स्कुलका संस्थापक प्रेम सुब्बा, सदस्य तथा निलगिरी डनबस्को स्कुलका प्राचार्य
रेवन्त रायमाझी, सदस्य तथा दिप स्कुलका संचालक सुन्दर श्रेष्ठ यसैगरि सदस्य तथा दिप स्कुलका संचालक सन्तनु पोख्रेल र प्याब्सनद्धारा आमन्त्रित कृषि अभियन्ता जीवनप्रसाद राईको समेत उपस्थिति रहेको थियो ।
बधाई तथा शुभकामना आदानप्रदान गर्नुपुर्व पाख्रीबास नगरपालिकाको सम्पुर्ण भवनको अवलोकन गरिनुका साथै नगर प्रमुख गुरुङको कार्यकक्षमा प्याब्सनका सचिव ईन्द्र बहादुर राईले कार्यक्रम संचालन गर्दै बधाई तथा शुभकामना पत्रलाई बाचन गर्नु भएको थियो ।


