धनकुटा जिससका प्रमुख, उपप्रमुख सहित सदस्यहरुको पदबहाली

धनकुटा,३० जेठ । जिल्ला समन्वय समितिका धनकुटाका प्रमुख, उपप्रमुख सहित सदस्यहरुले आज पदबहाली गर्नु भएको छ ।

आज एक कार्यक्रमका बिच उहाँहरुले पद बहाली गर्नु भएको हो । जेठ २८ गते भएको निर्वाचन बाट प्रमुखमा निरेन तामाङ्ग उप–प्रमुख सावित्रा राई,महिला सदस्यहरुमा ईन्दिरा सुब्बा ९याखा०, कमलकुमारी लिम्बू, सरिता भण्डारी(बराल), दलित तथा अल्पसंख्यकबाट बालकुमारी रुचाल,अन्य सदस्यहरुमा टिकाराम मगर,नेत्रबहादुर भण्डारी र रबिन्द्र न्यौपाने बिजयी हुनु भएको थियो ।

जिसस खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धन विजयी
खोटाङ, ३० जेठ (रासस) :जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समिति प्रमुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सनबहादुर राई र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का सुरेशकुमार तामाङ विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रमुखमा विजयी राई र उपप्रमुखमा विजयी तामाङले १६÷१६ मत प्राप्त गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार बन्नुभएका किशोरकुमार श्रेष्ठले चार र उपप्रमुखका उम्मेदवार सन्तोष राईले चार मत मात्र प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिनुभयो ।

प्रमुख र उपप्रमुखसहित नौ सदस्यीय जिल्ला समन्वय समितिको सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्विरोध विजयी भएका छन् । निर्विरोध निर्वाचित हुनेमा खुला सदस्यमा नेपाली कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ, महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा (एकीकृत समाजवादी)की दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्मा विजयी हुनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले प्रमुख र उपप्रमुखबाहेक अन्य सात जना सदस्यको पदमा उम्मेदवारी दर्ता गराएको थिएन । एमालेसँग चार तथा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलको पक्षमा १६ मत रहेको थियो । विसं २०७४ मा भएको निर्वाचनमा एमाले एक्लैले पाँच स्थानीय तहसहित जिल्ला समन्वय समिति कब्जा गरेको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार १० स्थानीय तह रहेको खोटाङमा एमाले दुई पालिका प्रमुख, दुई उपप्रमुख तथा १९ वडाध्यक्षमा सीमित भएको छ ।

अघिल्लो निर्वाचनमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यसपटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको छ । यस वर्षको निर्वाचनमा सत्तारूढ चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (नेकपा एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति बेहोरेको हो ।

विसं २०७४ को निर्वाचमा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यसपटक छ प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ । कांग्रेसले हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिकामा प्रमुख तथा ऐसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको हो ।

अघिल्लो निर्वाचनमा एक प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक दुई प्रमुख, दुई उपप्रमुख र २३ वडाध्यक्ष जितेको छ । विसं २०७४ मा साकेला गाउँपालिका प्रमुख जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको हो ।

भर्खरै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)ले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । चुनावी तालमेलमा सहभागी नेकपा (एकीकृत समाजवादी)ले सत्तारूढ चार दलीय गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको हो । जनता समाजवादी पार्टीले पनि एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । कांग्रेसबाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच चुनावी तालमेल भएको केपिलासगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट जसपाले उपप्रमुख जितेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।