धनकुटा जिससको पहिलो बैठकले गर्यो यस्ता निर्णय
धनकुटा,३१ जेठ । जिल्ला समन्वय समिती धनकुटाको पहिलो बैठकले वर्तमान अवस्थामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खपत हुने विभिन्न प्राविधिक धारका जनशक्ति उत्पादन गर्ने र धनकुटा जिल्लालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्न एक प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्न, जिल्लाका सात वटै स्थानिय तह , प्रदेश र संघ सरकार एवम् अन्य दातृ निकाय संग आवश्यक आर्थिक, प्राविधीक तथा व्यावस्थापकिय भूमीका एवम् सहयोगका लागी समन्वय गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले गाउँ सभा तथा नगरसभाको निर्वाचनको अन्तीम परिणम आएको ३० दिन भित्र जिल्ला सभाको पहिलो बैठक बस्नु पर्ने संवैधानिक व्यवस्था अनुसार यही असार १३ गते जिल्ला सभाको बैठक गर्ने समेत निर्णय गरेको छ साथै बैठकले स्थानीय निर्वाचनमा मतदान गर्ने जिल्लाबासी मतदाता, पर्यबेक्षक, सुरक्षाकर्मि, कर्मचारी लगायतका लाई धन्यवाद दिएको छ ।
बैठकमा जिल्ला समन्वय समितिको काम,कर्तव्य र अधिकार क्षेत्रमा छलफल भएको थियो साथै प्रमुख उपप्रमुख, सदस्यहरु नि. समन्वय अधिकारी, जिससका विभिन्न तह तप्काका कर्मचारीले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
बैठकमा नेपालको संविधानमा भएको व्यवस्था, स्थानीय सरकार संचालन ऐन र प्रदेश सरकारले बनाएको ऐनको बारेमा जिल्ला समन्वय समिति धनकुटाका निमित्त समन्वय अधिकारी जितमान जिमीले प्रस्तुत गर्नुभएको थियो ।
बैठकको अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ्गले गर्नु भएको थियो ।


यो पनि पढ्नुहोस्…
धनकुटाका यी किशोर-किशोरी चार दिनदेखि बेपत्ता
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ७ का एक किशोर र एक किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाख्रीवास नगरपालिका वडा नं ७ का वर्ष १७ का किशोर सुवास राई र वर्ष १५ की उषा राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनिहरुको खोजिका लागि परिवाारले आज प्रहरीमा निवेदन दिएको छ । गत जेष्ठ २८ गते विहानदेखी उनिहरु बेपत्ता भएको जनाईएको छ । बेपत्ता किशोर किशोरीको घरपरिवारले पनि खोजी जारी राखेका छन् । यदी कही कसैले फेला पारे वा भेटे जानकारी गराई दिन पनि आह्वान गरिएको छ ।
मल आउनै बाँकी ः झापामा रोपाइँ सुरु
झापा, ३१ जेठ (रासस) ःमनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ ।
कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताउनुभयो । उहाँले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ यही हप्ताभित्रमा आउँदैछ ।” उहाँले झापाका लागि ८५०, इलामलाई १००, पाँचथरमा ७० र ताप्लेजुङका लागि ३० मेट्रिक टन मल आउने जानकारी दिनुभयो । प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्नेबारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताउनुभयो । १५ वटा पालिका रहेको झापामा भने एउटा पालिका बराबर एक हजार १३० बोरा मल मात्र भागमा पर्ने उहाँको भनाइ छ ।
झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा नौ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रोपाइँ सुरु भइसक्यो, यही बेला किसानलाई डिएपी मल चाहिएको छ । झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि पुग्दैन ।”


