धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ
धनकुटा,१ असार । जिल्ला प्रहरी कार्यलय धनकुटाले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटाको धनकुटा नगरपालिका ७ बस्ने २० बर्षिय अभिषेक लावती, सोही स्थानका २३ बर्षिय कृष्ण कुमार लिम्बु र २१बर्षिय सुन्दर भूजेल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
प्रहरीले उनिहरुको साथ र घर कोठाबाट अबैध लागुऔषध डाइजेल्याव १३ एम्पुुल, लुुपिजेसिक १३ एम्पुुल, एभिल १३ एम्पुल, फेनारगन १३ एम्पुल र सिरिन्च ५ थान र ३ सय ग्राम गाजाँ बरामद गरेको र उनिहरु लाई अदालत बाट म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


