भोजपुर नगरपालिकामा आठ हजार बिरुवा रोपिने

भोजपुर, ३ असार । भोजपुर नगरपालिकामा रहेको पारपानी इनामे सामुदायिक वनमा नेपाली सेनाको अगुवाइमा बृहत् वृक्षरोपण कार्यक्रमको थालनी गरिएको छ । यो ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आठ हजार बिरुवा रोपिने भएको हो ।

सेनाको फष्ट रैफल गण भोजपुरको अगुवाईमा यहाँ वृक्षरोपण अभियान थालिएको हो । भौगोलिक रुपमा सुक्खाग्रस्त क्षेत्रको रुपमा रहेको यो स्थानको संरक्षणमा सेनाले भूमिका खेलेको स्थानीयवासीले बताएका छन् । सेनाको अस्थायी तालिम गर्ने स्थान रहेको यो ठाउँमा गत वर्ष पनि उसले वृक्षरोपण गरेको थियो ।

पानीको अभाव रहेको स्थानमा नगरपालिकाका सहयोगमा पिउने पानीसमेत व्यवस्था गरिएको छ । सेनाले यहाँ कालाभैरवको मन्दिरसमेत स्थापना गरिदिएको छ । यसैअनुरुप यो स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यले वृक्षरोपणको थालनी गरिएको हो ।

फष्ट रैफल गणका गणपति विश्वनाथ तिमिल्सिनाले यस क्षेत्रको विकासमा सेनाले सक्रियताका साथ काम गरेको जनाउँदै यसको संरक्षण र थप विकासका लागि सरोकारवाला पक्षले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो गणलाई अस्थायी तालिको प्रयोजनको लागि यो स्थान दिनुभएकोमा नगरपालिका र सामुदायिक वनप्रति सेना आभार प्रकट गर्दछ । सेनाले यहाँको विकासको लागि धेरै काम गरेको छ । यसको निरन्तरतामा भोजपुर नगरपालिकासहित सरोकारवाला पक्षले ध्यान दिएमा यो क्षेत्र धार्मिक पर्यटन स्थापित ठाउँ हुन्छ भन्ने मलाई विश्वास छ ।” पानीको अभाव भएको यो ठाउँमा पानी, विजुलीको सुविधा पुगेको छ ।

पारपानी क्षेत्रको विकासमा सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको भोजपुर नगरप्रमुख कैलाशकुमार आलेले बताउनुभयो । नगरपालिकासँगको सहकार्यमा सेनाले यहाँ मन्दिर निर्माणदेखी विभिन्न संरचना निर्माण गरेको उहाँले बताउनुभयो । यो क्षेत्रलाई हरियाली बनाएर धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले काम गर्ने मेयर आलेको भनाइ छ ।

नगरप्रमुख भन्नुभयो, “यो ठाउँलाई सेनाको अस्थायी तालिमको लागि दिने निर्णय गर्दा स्थानीयलाई बुझाउन अली गाह्रो भएको थियो । अहिले तपाई स्थानीयवासीले नै सेनाको सक्रियतामा धेरै काम गर्नुभएको छ भन्ने सुन्दा खुसी लागेको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्छ ।”

प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले पनि सेनाको काम नमूनायोग्य रहेको जानकारी दिनुभयो । विभिन्न समयमा रोपिएका बिरुवा संरक्षण अभावमा मरेको बताउँदै उहाँले संरक्षणको लागि स्थानीयबासी, वन कार्यालय तथा नगरपालिकाले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । प्रजिअ कोइरालाले भन्नुभयो, “सेनाले यहाँ जति पनि काम गरेको छ यी काम नमूनायोग्य छन् । सेनाले थालेको वृक्षरोपण तथा यस क्षेत्रको विकासमा थालेका कामको निरन्तरताको लागि नगरपालिकासँगै स्थानीय नागरिक सक्रिय बन्न आवश्यक छ । यही तवरले यस क्षेत्रको विकास गर्ने हो भने स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याउने सम्भावना देखिन्छ ।”

यहाँ वृक्षरोपण गर्नका लागि डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको कार्यालयका प्रमुख उदीपप्रसाद राईले जानकारी दिनुभयो । साथै रोपिएका बिरुवाको संरक्षणको लागि कार्यालयले घेराबाराको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । यहाँको पाँच हेक्टर क्षेत्रफलमा जामुन, चिउरी, रुद्राक्ष, तेजपत्तालगायतको बिरुवा लगाउने उहाँको भनाइ छ ।आठौँ चुरो दिवस तथा सेनाको ‘गो ग्रिन’ कार्यक्रमलाई लक्षित गरेर अभियानको रुपमा यहाँ वृक्षरोपणको कार्यक्रम गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।