जिल्ला भलिवल संघ धनकुटाको १४ औं अधिवेशनबाट कार्कीको अध्यक्षतामा कार्य समिति चयन
धनकुटा । जिल्ला भलिवल संघ धनकुटाको १४ औं अधिवेशनले गौरव कार्कीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।
संघको आज धनकुटामा सम्पन्न अधिवेशनले पुन कार्कीकै अध्यक्षतामा १४ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गणेश पाण्डे र दिनेशराज सुवेदी,महासचिवमा रविन कुमार लिम्बु,कोषाध्यक्षमा अमृत राई रहेका छन् ।
सदस्यहरुमा राष्टमिला राई, जुनु राई,सुवन श्रेष्ठ,सुरज लिम्बु,पदम भट्टाई,सुविन राई,विशेश्वर तिमिल्सिना,यम पौडेल र झमक श्रेष्ठ रहेका छन् ।


