धनकुटाको छथरजोरपाटी गाउँपालिकाले सार्वजनिक गर्यो आर्थिक बर्ष २०७९-०८० को नीति तथा कार्यक्रम

धनकुटा,६ असार । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले सार्वजनिक गर्नु भएको हो ।

गाउँपालिकाले छथरजोरपाटीको जन र मन गाउँपालिकाको दिगो विकासका लागि धन भन्ने नाराका साथ विकास निर्माणमा जुट्न आह्वान गर्ने निती लिएको छ ।

कृषिभूमी सदुपयोग गरी कृषिको व्यावसायीक उत्पादन बढाउन निजी व्यावसायीक खेती सहकारी खेती, कृषि उद्योगमा आधारीत खेती, सामुहिक खेती साझेदारी खेत ीगर्ने र बाँझो रहेको निजी तथा सार्वजनिक जग्गा सदुपयोग गर्ने निती गत व्यावस्था गर्दै एक गाउँ एक उत्पादन एक वडा एक थोक कृषि बजार स्थापन गरी आवश्यक कृषि पूर्वाधार निर्माण गर्ने , कृषियोग्य भूमको नियमति माटो परिक्षण गर्ने निती तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

त्यस्तै उद्यमशीलता बाट स्वरोजगार यस गाउँपालिकाको नागरीक हुन्न बेरोजगार भन्ने नारालाई सार्थक तुल्याउने बिशेष निती अबलम्बन गर्ने र उपलब्ध स्रोत साधन, पूँजी, सीप एवं प्रविधीको अधिकतम उपयोग गरी लघु तथा घरेलु , साना उद्योग स्थापना तथा संञ्चालनमा प्रोत्साहन गरी उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्ने भएको छ ।

भूमीहिन दलित सुकुम्वासी पहिचान गरी लालपुर्जा वितरण लाई यथासिघ्र निती लिएको छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गरी रोजगारीका अवसरहरु सृजना तथा यस क्षेत्रको आर्थिक समुन्नतीका लागि पर्यटन पूर्वाधार निर्माण कार्य लाई समेत अगाडी बढाउने निती लिइएको छ ।

विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यन्वयको लागि स्थापित प्रकोप व्यावस्थापन कोष लाई समेत व्यवस्थीत गर्ने भएको छ । फोहर मैला व्यावस्थापन लाई व्यावस्थि गर्न फोह मैला व्यावस्थापन केन्दैको खोजी समेत गर्ने भएको छ । बाल बालिकाहरु लाई कक्षा कोठामा ल्याऔं, सिकाऔँ, पढाइमा टिकाऔँ र समाजमा विकाऔँ भन्ने कार्यक्रम लाई प्रभावकारी बनाउने भएको छ ।

स्वाथ्य विमामा ५० प्रतिशत अनुदान दिन कार्यविधी बनाई लागु गर्ने समेत जिती तथा कार्यक्रमा समावेश गरेको छ । घुम्ती स्वाथ्य शिविरका कार्यक्रम लाई थप व्यावस्थित र प्रभावकारी बनाउँदै लग्ने समेत कार्यक्रम ल्याउने भएको छ ।

पालिकाका सबै वडामा “ एक घर– एक धारा” निती लाई समेत अगाडी बढाउने भएको छ । गाउँपालिका लाई बाल मैत्री गाउँपालिका घोषण गर्ने निती तथा कार्यक्रम तयार गर्ने भएको छ । बसाई सरी आउने लाई उपहार दिउँ एक दुहुनो गाई कार्यक्रम लाई समेत निरन्तरता दिएको छ ।

साथै वन, बतावरण, खेलकुद, सडक पूर्वाधारको विकास, विद्युतीय सेवा बाट कसै लाई पनि बन्चित हुने अवस्था हुन नदिने , गाउँपालिकामा काम गर्ने उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ करदाता, कृषक र व्यावसायी लाई पुरस्कृत गर्ने निती लाई कार्वन्वय गर्ने भएको छ ।

प्रशासनिक कार्य लाई चुस्त दुरुस्त गर्ने , शान्ति सुरक्षा लगायत पक्ष लाई सुधार गर्ने, सुरक्षित आवस कार्यक्रम र जनता आवास कार्यक्रम लाई थप सशतm र प्रभावकारी बनाउने लगायत बिषय लाई समेटेर निती तथा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले बताउँनु भयो ।

कार्यक्रममा गायँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवा , प्रमुख प्रशासकिय अधिकृत बुकुप्रसाद आचार्य, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु सदस्यहरु, पालिकाका कर्मचारी, पत्रकार लगायतको उपस्थितीमा निती तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।