बैठक वहिष्कार गर्ने कार्यपालिका सदस्यहरुको माग सुनेर सोही अनुसार अघि बढ्ने : नगर प्रमुख गुरुङ
धनकुटा । पाख्रीबास नगरपालिकाको १० ओैं अधिवेशन बैठक स्थगित भएको छ ।
नगर प्रमुख ज्ञान बहादुर गुरुङले बैठक अघि बढाउनु अघि नगरकार्यपालिकाको कार्यपालिका सदस्य सरोज राईले उठेर विरोध गरेपछि स्थगित भएको हो ।
मस्यौदा समितिमा मार्फत कार्यपालिका बैठकमा आगामी आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रमका एजेन्डा र विषय गत छलफल नगरी अनुमोदन गरिएको भन्दै सदस्य राईले विरोध गर्नुभएको थियो ।
उहाँले कसरी कुन बैठक बाट नीति कार्यक्रम अनुमोदन गरियो भनि प्रश्न गरेपछि एमालेका कार्यपालिका सदस्यहरु उठेर बहिष्कार गरेका थिए ।
यता नगर प्रमुख ज्ञान बहादुर गुरुङले भने ७ दिन सम्म नीति तथा कार्यक्रमको विषयमा छलफलका गर्न बोलाउदा पनि उहाँहरु उपस्थित नभएको बताउनु भयो ।
छलफलका लागि पटक पटक बोलाउदा पनि नाअई आजको बैठकमा उनिहरुले विरोध गरेपछि बैठक स्थगित गरिएको प्रमुख गुरुङले बताउनु भयो ।


