महालक्ष्मीमा दुई बा’लिकालाई यौ’न दु’र्ब्यवहार,७६ बर्षीय बृद्द पक्राउ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ४ का दुई वालिकालाई यौ’न दु’र्ब्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका ४ कै ७६ वर्षका वृद्ध विर्खबहादुर पौडेल रहेका छन् ।

पौडेलले असार ३ गते विद्यालयबाट साथिहरुसँग घर फर्कदै गरेकी ९ वर्ष र ५ वर्षकी वा’लिकाहरुलाई यौ’न दु’र्ब्यवहार गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

उनिहरु सँगै विद्यालयबाट आउदै गरेका अन्य दुई जना साथिलाई पानी लिन पठाई एक ती वा’लिकालाई यौ’न दु’र्ब्यवहार गरेको भनि असार ६ गते वाकाको आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

यो पनि…
‘नेपाली बृहत् शब्दकोषको मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज’
काठमाडौँ, ९ असार (रासस) :संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ६४औं वार्षिकोत्सव समारोहमा आज उहाँले ‘नेपाली बृहत् शब्दकोष’ को मोबाइल एप निर्माण तथा ‘तस्वीरमा नेपाल’जस्तो कृति प्रकाशन भएपछि स्वदेशी र विदेशी सबै नागरिकलाई नेपाल देखाउन र नेपाल चिनाउन सजिलो भएको बताउनुभयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्राज्ञिक सपना र तत्कालीन राजा महेन्द्रको भाषा, साहित्य र कलाप्रतिको सद्भावका कारण विसं २०१४ मा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६४ वर्षको यात्रामा थुप्रै साहित्य विकासका काम गर्न सहफल भएको भन्दै मन्त्री आलेले प्रशंसासमेत गर्नुभयो ।

प्राज्ञिक संस्थाको संरक्षकसमेत रहनुभएका मन्त्री आलेले नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनाकालदेखि हालसम्म भएका प्राज्ञिक गतिविधिका बारेमा विगतमा थोरबहुत जानकारी भए पनि पछिल्ला केही वर्षमा यस प्रतिष्ठानले गरेका कामका बारेमा नजिकैबाट हेर्ने, बुुझ्ने र सहकार्य गर्ने मौका पाएको भन्दै खुसीसमेत व्यक्त गर्नुभयो ।

भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यक्षेत्रअन्तर्गत पर्ने तथा यस प्रतिष्ठानले आफ्ना ११ विभागका माध्यमबाट विभिन्न गोष्ठी, अनुसन्धान र प्रकाशनका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको स्मरण गर्दै मन्त्री आलेले उक्त कार्यमा लाग्न सबैलाई धन्यवादसमेत दिनुभयो ।

सोही अवसरमा मन्त्री आलेले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रजस्ता कार्यक्षेत्र बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानका लागि बजेट न्यून रहेको भन्दै गुनासो व्यक्त गर्नुभयो । कोभिडको महामारीमा देश आतङ्कित भएका बेलामा पनि आफ्ना कामलाई नरोकी अनुसन्धान र प्रकाशनका क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्ने प्रतिष्ठानको सबैले उच्च मूल्याङ्कन गर्नुपर्ने मन्त्री आलेको भनाइ थियो ।

यसैगरी उहाँले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणकार्य अन्तिम चरणमा पुुगेको र सम्भवतः केही महिनाभित्रैमा त्यसको समुद्घाटन हुने आफूले खबर पाएकोसमेत जानकारी दिनुभयो । एक लाख ५० हजार शब्दको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’, पाँच हजारभन्दा बढी लेखक तथा साहित्यकारको परिचय समेटिएको ‘लेखक साहित्यकार परिचयकोष’, नेपालभित्रका सम्पूर्ण सांस्कृतिक शब्दहरूको अर्थ र प्रयोग सन्दर्भसमेत समेटिएको ‘सनातन संस्कृतिकोष’, नेपाली भूमिमा प्रवर्तन भएका पचासभन्दा बढी दर्शन समेटिएको ‘नेपाली दर्शन’, सम्पूर्ण नेपाली लोकजीवनलाई समेटेर तयार गरिएको ‘लोकवार्ताकोष’ जस्ता ऐतिहासिक महत्व राख्ने बृहत् ग्रन्थ यसै आर्थिक वर्षमा प्रकाशन हुनेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका आगामी दिनमा अगाडि सारिने प्राज्ञिक योजना र कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सबै सहयोग अनवरत भइरहनेसमेत मन्त्री आलेले विश्वास दिलाउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।