सहिदभुमी गाउँपालिकामा सञ्चालित ३४ वटा आयोजनाको काम पूरा, सम्पन्न आयोजनाका नामावली सहित
शर्मिला राई, धनकुटा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत धनकुटाको सहिदभुमी गाउँपालिका क्षेत्रमा सञ्चालित ३४ वटा आयोजना सम्पन्न भएका छन् ।
गाउँपालिकाका रोजगार संयोजक सिता पौडेलका अनुसार २१ वटा सडक सोलिङ,९ वटा गोरेटो बाटो निर्माण,पैदल यात्राका लागि ३ स्थानमा सिंढी निर्माण र एउटा खेल मैदान निर्माण गरिएको छ । यी कार्य १ करोड ५० लाख ६५ हजार बजेटमा गरिएको उहाँले बताउनुभएको छ ।







यो पनि…
हिले बजारमा १ लाख २० हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण हुंदै
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिले बजारमा थप खानेपानी व्यवस्थित गर्नका लागि १ लाख २० हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण भईरहेको छ ।
शहरी विकास ढल तथा खानेपानी काठमाण्डौ र धनकुटा नगरपालिकाको सम्झौतामा १९ लाख बराबरको लगतमा हिले सिरानमा ट्याङ्की निर्माण भईरहेको हो । उक्त खानेपानी टयाङ्की निर्माण कार्यको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले अनुगमन तथा निरीक्षण गर्नुएको छ ।
अनुगमनपछि तामाङले छिटोछरितो र गुणस्तरिय काम गरि समयमै सम्पन्न गर्न सल्लाह दिनुभएको छ । ट्याङ्की निर्माण कार्य अन्तरगत ६० प्रतिशत काम सकिएको खानेपानी उपभोक्ता तथा समाजसेवी वुद्विजिवी फुर्वा घिसिङले बताउनुभयो ।
निर्माणाधिन ट्याङ्की असोजबाट सञ्चालनमा ल्याउने योजना रहेको हिले खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
ट्याङ्की निर्माण भए पछि हिले बजारको गजुर होटेल देखि तोङ्बा चोक ,कुवापानी, चादानी चोक सम्मका ३ सय घरधुरी लाई सहजरूपमा खानेपानी वितरण गरिने समितिले जनाएको छ ।


