धनकुटाको छथरजोरपाटी गाउँपालिकाले ल्यायो ४४ करोड ७४ लाख ८४ हजारको बजेट

धनकुटा,१० असार । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ४४ करोड ७४ लाख ८४ हजारको बजेट ल्याएको छ ।

गत अर्थिक बर्षको भन्दा गाउँपालिकाले २ करोड ४७ लाख ७१ हजार बढीको बजेट ल्याएको हो । शुक्रबारको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङ्गले बजेट प्रस्तुत गर्नु भएको थियो ।

जस मध्ये आन्तरिक आयबाट १ करोड , नेपाल सरकार बाट प्राप्त वितिय समामान्यी करण तर्फ ९ करोड ४७ लाख, राँजश्व बाडफाँड बाट ७ करोड ५३ लाख, ३४ हजार, संघिय सरकारबाट सशर्त अनुदान तर्फ २० करोड ६७ लाख, बिशेष अनुदान १ करोड, समपुरक अनुदान १ करोड ९० लाख प्राप्त हुने अनुमान गरीएको छ ।

त्यस्तै प्रदेश सरकार बाट वितिय समान्यी करण तर्फ ५१ लाख १५ हजार राजश्व बाडफाँड तर्फ ३० लाख ६१ हजार समपुरक अनुदान १ करोड, सशर्त अनुदान ७४ लाख ६० हजार आल्य ३४ लाख १४ हजार हुने अनुमान हुने गरी गाउँपालिकाकी उपाध्यक्ष गुरुङ्गले बजेट प्रस्तुत गर्नु भएको थियो ।

बजेट प्रस्तुत कार्यक्रममा गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बा, वडा अध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य सहित कार्यालयरा कर्मचारी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।