पाख्रीवास नगरपालिकाको दशौं अधिवेशन बैठक असार २२ गते सम्मको लागि स्थगित

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको दशौं अधिवेशन बैठक असार २२ गते विहान ११ बजे सम्मको लागि स्थगित भएको छ ।

गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ दफा १४ (२) बमोजिम नगरसभा सदस्यको गणपुरक संख्या नपुगेको कारण नगर सभाध्यक्ष एवम् नगर प्रमुखको निर्देशन अनुसार नगरसभाको १० औ अधिवेशन बैठक स्थगित भएको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

बैठक असार २२ गते विहान ११ बजे पूरानो कार्य सूचि अनुसार नै बस्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

हलेसी तुवाचुङमा ६४ करोड ५८ लाखको बजेट पेस
खोटाङ, १० असार । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित साढे ६४ करोडको बजेट पेस गरेको छ । बिहीबार सम्पन्न ११औं नगरसभाबाट नगरपालिकाले ६४ करोड ५८ लाख २७ हजार ४५० रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो ।

कुल बजेटमध्ये ससर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानका लागि विनियोजन गरेर बाँकी रहेको १८ करोडको परिधिमा रहेर नगरपालिकाले बिकास बजेट तय गरेको हो । १८ करोडमध्येबाट पुँजीगततर्फ १३ करोड ५० लाख र चालुतर्फ चार करोड ५० लाख विनियोजन गरिएको छ ।

उपमेयर रमेश राउतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा प्रशासनिक खर्चतर्फ कुल बजेटको २५ प्रतिशत, पूर्वाधार विकास समितितर्फ कुल बजेटको ३७.१ प्रतिशत, सामाजिक विकासतर्फ कुल बजेटको २१.७७ प्रतिशत, आर्थिक विकासतर्फ कुल बजेटको ९.९० प्रतिशत, वन, वातावरण, विपद, फोहोरमैला व्यवस्थापनतर्फ कुल बजेटको १.१७ प्रतिशत र सामाजिक सेवा तथा सुशासनतर्फ कुल बजेटको ४.८ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ । नगरपालिकाले वडालाई विगतको तुलनामा १० प्रतिशतका दरले बजेट बढाएर बिनियोजन गरेको नगर प्रवक्ता कमल गिरीले बताए ।

नगरपालिकाले भूमि बैंकको अवधारणालाई अवलम्बन गरी खेतीयोय जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, बाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुटलगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्सान स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

यस्तै, नगरमा सम्भावना बोकेको गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता महत्वपूर्ण उत्पादन नगर आगन्तुकलाई प्रदान गर्न, मायाको चिनो/कोसेलीको रूपमा बिक्री वितरणको व्यवस्था मिलाइ प्रवर्द्धन गर्ने, नगरभित्रका उच्च शिक्षा (डाक्टर, इन्जिनियर र पाइलट) अध्यायन गर्न चाहने विपन्न,जेहेन्दार तथा विद्याबारिधि गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरी स्वास्थ्य विमा कार्यक्रम लागू गर्नेलगायतका नीति तथा कार्यक्रम अघि सारेको छ । नगरसभा मेयर बिमला राईको सभापतित्वमा सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।