धनकुटा सहिदभुमि गाउंपालिकाको बजेट ४४ करोड ९४ लाख
धनकुटा । सहिदभुमि गाउंपालिका धनकुटाको दोस्रो गाँउसभाको प्रथम अधिवेशनबाट आर्थिक वर्ष २०७९-८० को नीति ,कार्यक्रम बजेट प्रस्तुत गरिएको छ ।
गाउपालिका अध्यक्ष मनोज राईले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष रत्नश्वरी राईले गाँउपालिकाको बजेट प्रस्तुत गर्नु भएको हो । उपाध्यक्ष रत्नश्वरी राईले ४४ करोड ९४ लाख ३० हजार ६ सय ९० बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो ।
गाँउपालिका अध्यक्ष राईले नीति कार्यक्रममा “सहिदभूमिको समृद्धि ः शिक्षा, स्वास्थय, पर्यटन र कृषि ” भन्ने मुख्य उद्देश्य सहित नीति तथा कार्यक्रम तयार पारेको बताउनु भयो । विकास र समृद्धि सहित समुन्नत सहिदभूमि गाँउपालिका निमार्ण गर्न विपन्न सँग अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । कृषिको व्यवसायीकरण,आधुनिकीकरण र उत्पादनमा आधारित अनुदान तथा विविधिकरणमा जोड दिई आयआर्जन तथा रोजगारका अवसर सिर्जना गर्ने उल्लेख छ ।
कृषि प्राबिधिक शिक्षा अध्ययन गर्ने विघार्थीहरुलाई प्रोत्साहान गर्न छात्रावृतिको व्यवस्था ,कोल्ड स्टोर निमार्ण गर्न पहल,व्यवसायिक पशुपालनमा जोड ,दुध तथा दुग्ध पदार्थको बजार व्यवस्थापन गर्न चिस्यान केन्द्र स्थापना ,पर्यटकीय क्षेत्रहरुको विकासका लागि आवाश्यक गुरुयोजना निमार्ण , आधारभूत शिक्षाको हक सुनिश्चित गर्नका लागि सबै बालबालिकाहरुलाई शिक्षाको पहुँचमा सहजतम ल्याउन सबै विघार्थीहरु १० वर्ष मा कक्षा मा पुग्ने शुनिश्चितता कायम गर्न विचैमा विघालय छाड्ने र कक्षा दोहोर्याउने दर घटाउने कार्यक्रमलाई प्राथकिक्ता , मन्टेश्वरी मतालिमको व्यवस्था गर्ने उल्लेख गरिएको छ । आगामि आर्थिक वर्षमा ५० जना महिलालाई उघमी महिला बनाउने लक्ष्य लिएको छ ।
जीवनका लागि स्वच्छ पानी भन्ने मूल नाराका साथ गााउपालिकाका सबै गाउवासीलाई खानेपानीको सुविधा पुर्याउन हाल संचालनमा भएका खानेपानीका श्रोतहरुको व्यवस्थापन, खानेपानीको थप श्रोत वयवस्थापन गर्न नयाँ आयोजना निमार्णका लागि संघीय सरकार र प्रदेश सरकार संग वजेट व्यवस्थापनका लागि पहल गर्ने नीति कार्यक्रमा जनाइएको छ ।
महिला विकास र समान ।लैंगिक समानता र समावेशिकरण का लागि सुसस्कार हाम्रो पहिचान ः वृद्ध वृद्धालाई सम्मान भन्ने नारा सहित विभिन्न कार्यक्रम अगाडि सारेको छ । गाँउपालिकाको आर्थिक रुपमा विपन्न तथा गरिब, अशक्त, अपाङ्गता भएका व्यक्ति, एकल महिला र ज्यस्ठ नागरिकहरुलाई लक्षित गरि उपचार का लागि यातयात खर्च , एक पटका लागि एम्बुलेन्स निशुल्क ्र व्यवस्था ,सुत्केरी हुन जाने महिलालाई एक पटकको लागि एम्बुलेन्स निशुल्क उपलब्ध गराउने समेत नीति कार्यक्रममा जनाइएको छ ।
गाउपालिका भित्र बोलिने मातृभाषा बानतवा राई,छिन्ताङ्गे राई र छिलिङ्ग राई भाषहरुलाई गाउपालिकाको स्थानीय सरकारी कामकाजको भाषा रुपमा प्रयोग गर्न निरन्तरता दिइने उल्लेख छ ।
स्वास्थ्य ,खेलकुद तथा मनोरञ्जन ,पूवाधार विकास नीति ,भवन तथा ग्रामिण विकास ,उर्जा तथा विघुत ,सञ्चार वन तथा वातवरण तथा विवद व्यवस्थापन ,सूशासन तथा संस्थागत विकास , रजस्व नीति लगायत क्षेत्रमा सुधार तथा विकास ,प्रवद्धनका लागि विभिन्न नीति कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै गरी उपाध्यक्ष रत्नश्वरी राईले ४४ करोड ९४ लाख ३० हजार ६ सय ९० बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । आगामि आर्थिक वाषर््ाका लागि प्रस्तुत बजेटमा संघीय सरकार बाट वित्तिय हस्तान्तरण भई आउने ९ करोड ७२ लाख, राजश्व वाँडफाड वापत ७ करोड ९७ लाख ५७ हजार ,विशेष अनुदान १ करोड , सघीय समानीकरण १ करोड, प्रदेश सरकार बाट समानीकरण ५० लाख ७७ हजार , प्रदेश सरकार बाट प्राप्त समपुरक आउने १ करोड, राजश्व सवारी साधान कर बाट २४ लाख ४७ हजार ६ सय ९०,आन्तरीक स्रोतबाट ७६ लाख आम्दानी अनुमान गरिएको छ ।
प्रशासनीक खर्च तर्फ ७ करोड ६४ लाख अनुमान गरिएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लोचन प्रसाद दाहाल , लेखा संयोजक नितेस कुमार यादव , वडा अध्यक्ष, कार्यपालिका सदस्य , जनप्रतिनिधिहरु लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।


