नेपाल शिक्षक संघ धनकुटा नगर समितिद्वारा जनप्रतिधिलाई शुभकामना प्रदान
धनकुटा,११ असार । नेपाल शिक्षक संघ धनकुटा नगरसमितिले धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाअध्ययक्ष कार्यपालिका सदस्य एंव वडा सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्य सम्पन्न गरेको छ ।

आज एक कार्यक्रम बिच स्थानिय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधी लाई शुभकामना प्रदान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्र्स धनकुटाका सचिव विजय सन्तोषी राई रहनु भएको थियो ।
त्यस्तै बिशेष अतिथिमा नेपाल शिक्षक संघ १ न प्र्रदेश उपाध्यक्ष गंगाराम ढुगाना कांग्र्स धनकुटा ख का सभापति राजन पौडेल नेपाल शिक्षक संघ धनकुटा अध्यक्ष थिरेन्द्र बहादुर लिम्बु, नेपाली काङग्रेस धनकुटा नगरसभापति नरेश श्रेष्ठ नेपाल पत्रकार महासंघ धनकुटा अध्ययक्ष नगेन्द्र राई, प्रेस युनियन धनकुटाका सचिव विकास घिमिरे धनकुटा नगरपालिका वडा न.३ का वडा अध्यक्ष विकास घिमिरे, वडा न ६ का अध्यक्ष मिलन खड्गी वडा न. १० का वडा अध्यक्ष नगेन्द्र पाण्डे, कार्यपालिका सदस्य एंव वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा धनकुटा नगर भित्रका विद्यालयका प्रधानाध्यपक एंव शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ धनकुटा नगर सचिव विनोद सुवेदीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्या नेपाल शिक्षक संघ धनकुटा नगर समिति उपाध्यक्ष पवित्रा तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल शिक्षक संघ धनकुटा नगरसमितिका अध्ययक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्ययक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वतmाहरुले स्थानिय पाठ्यक्रमको निर्माणमा स्थानियतहले ध्यान दिनु पर्ने साथै शिक्षा क्षेत्रको सुधारका लागि सबैले पहल कदमी लिन आवश्यक रहेको धारण राख्नु भएको थियो ।


