नगरले ल्यायो गहत र बदाम खेती प्रवर्द्वन कार्यक्रम

खोटाङ, १२ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत र बदाम खेती प्रवर्द्वन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । बिहिबार आयोजना गरिएको ११ औं नगरसभामा मेयर बिमला राईले गहत, बदाम लगायतका कृषि उत्पादनको प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिमामा गहत र बदाम खेती हुँदैआएको छ । स्वतःस्फुर्त रुपमा खेती हुँदैआएको गहत र बदामलाई कोसेलीका रुपमा बिक्री वितरणको व्यवस्था मिलाउने गरी प्रवद्र्धन गर्ने योजना बनाइएको मेयर राईले बताइन् ।

११ वडा रहेको नगरपालिकामा गहत र बदामको व्यवसायीक खेतीको प्रचुर सम्भावना छ । नगरमा उत्पादित गहत र बदाम जिल्ला बाहेक छिमेकी जिल्लाका बजारमा समेत पुग्ने गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार लगायतका ठाउँका किसानले गहत खेती गर्दैआएका छन् । हाल गाउँघरमा गहत दालको रुपमा उपयोग हुने गरेको छ ।

नगरपालिकाले ढाका, खाँडी जस्ता स्थानीय उत्पादनको समेत प्रवद्र्धन गर्ने, भुमी बैंकको अवधारणालाई अलम्बन गरी खेतीयोय जमिन बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्ने, वाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फुड लगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्सान स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रत्येक टोल बस्तीमा स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, नगरपालिका भित्रका जेष्ठ नागरिक, अपाङ्ग, विपन्न एकल महिला तथा एकल पुरुषलाई निःशुल्क स्वास्थ्य विमा गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरि स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने, सबै आमा समूहलाई विऊ पूजीँ घुम्तिकोष कार्यक्रम उपलब्ध गराउने, जन्मेका सबै बालिकालाई बालिका बचत कार्यक्रममा समेट्ने भनिएको छ ।

यस्तै, नगरभित्रका उच्च शिक्षा (डक्टर, इन्जिनियर र पाईलट) अध्यायन गर्न चाहने विपन्न, जेहेन्दार तथा विद्याबारिधी गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।