अन्तत: पाख्रीबास नगरको विवाद अन्त्य,यसरी भयो सहमति
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा गत असार १० यता जनप्रतिनिधिहरु बिच चविरहेको आरोप प्रत्यारोपको श्रृंखला अन्त्य हुने संकेत देखिएको छ ।
हिजो उपप्रमुखले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि अवरोध आएको थियो । त्यसपछि हिजो बेलुका सम्म भएको छलफलबाट आपसी समझदारीमा अघि बढ्ने सहमति भएपछि विवाद टुंगिएको हो ।
छलफलमा प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले धनकुटाका इन्चार्ज राजेन्द्र राई सहित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायत सहभागी थिए ।
छलफलका क्रममा अब विगतका विवादित कुरालाई निरन्तरता नदिने, आपसी समझदारी गरेर अघि बढ्ने, मेयर–उपमेयरले एक अर्कालाई सम्मानपूर्वक व्यवहार गर्ने सहमति भएको जनाइएको छ ।


