धनकुटामा विपद व्यवस्थापनका लागि तयारी सुरु
धनकुटा,१४ असार । बर्षा सुरु भए संगै आउन सक्ने विपद्का घटना लाई रोकथाम, राहत, उद्धार गर्न जिल्ला प्रशासन कार्यलय धनकुटाले पनि आवश्यक पूर्व तयारी सुरु गरेको छ ।
जिल्ला प्रसाशन मातहत रहने जिल्ला विपद् व्यावस्थापन समितीले काम सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनु भयो ।
समितीको आज बसेको बैठकले विपद् व्यवस्थापनका लागि सबै स्थानिय तहहरुलाई ५ लाख रुपैयाँ बराबरको विपद् व्यावस्थापनका लागि आवश्यक सामग्री खरिद गर्न निर्दैश गरेको छ ।
मुख्य राजमार्ग र जिल्लाका प्रमुख सडकमा जाने पहिरो हटाउनका लागि सम्बन्धीत निकाय लाई आवश्यक सामग्री सहित तयारी अवस्थामा रहने गरी निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनु भयो ।
साथै आउन सक्ने अन्य विपद् लाई मध्य नजर गरेर नेपाली सेना, सशत्र प्रहरी, नेपाल प्रहरी समेत हाइ अलटमा रहेको उहाँको भनाई थियो ।


