मदन भण्डारीको ७१ औ जन्मजयन्तिको अवसरमा अनेरास्ववियु धनकुटा क्याम्पस कमिटीको आयोजनामा दिप प्रज्वलन
धनकुटा । मदन भण्डारीको ७१ औ जन्मजयन्तिको अवसरमा अनेरास्ववियु धनकुटा क्याम्पस कमिटीको आयोजनामा दिप प्रज्वलन गरेको छ ।
उक्त दिप प्रज्ज्वलन कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटीका संयोजक, सह संयोजक लगायतका नेताहरुको उपस्थितिमा धनकुटा बहुमुखी क्याम्पस परिसरमा रहेको मदन आश्रित उद्ययनको बगैचामा दीप प्रज्ज्वलन गरिएको हाे ।
कार्यक्रममा उपस्थित विघार्थि नेताहरूले दिप प्रज्वलन पछि जन नेता मदन भण्डारी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका थिए ।


